www.tandavnews.com
Fact ~ In search of truth

नगरप्रमुख जोशीद्धारा विद्यार्थीलाई न्यानो कपडा

 

 

पर्वत ।
आफूले जनप्रतिनिधि भएवापत राज्यले दिने सेवासुविधावापतको रकम नगरवासीकै नाममा खर्च गर्ने घोषणा गरेका कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले शुक्रबार फेरि अर्को सहयोग हस्तान्तरण गरेका छन।

नगरप्रमुख जोशीले सिटी एक्सप्रेससँगको सहकार्यमा कुश्मा नगरपालिका–२ खुर्कोटमा रहेको जगदम्बा आधारभूत विद्यालय र कुश्मा नगरपालिका–५ मा रहेको बाल मन्दिर आधारभूत विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण गरेका हुन्।

Batas

जाडो मौसममा विपन्न परिवारका बालबालिका पनि चिसोबाट बच्न सकुन् र जस्तोसुकै अवस्थामा पनि विद्यालय नियमित गर्न सकुन् भन्ने उद्देश्यले न्यानो कपडा वितरण गरेका छन् । जोशीले जगदम्वाका २६ र बाल मन्दिरका २० गरी ४६ जना विद्यार्थीलाई एकै दिन कपडा वितरण गरेका हुन्।

सो अवसरमा बोल्दै उहाँले आफू सधँै विपन्न र गरीब परिवारको साथमा रहने बताए । यसअघि पनि नगरप्रमुख जोशीले आफ्नो तलबबाट विद्यार्थी, विद्यालय, उपचार पाउन नसकेका विद्यार्थीलाई सहयोग गर्दै आएका छन् । रासस

सांकेतिक तस्बिर :गुगलबाट

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.