www.tandavnews.com
Fact ~ In search of truth

सांस्कृतिक विविधता नै नेपालको मौलिकता– अध्यक्ष दाहाल

काठमाडौँ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सांस्कृतिक विविधता नै नेपालको मौलिकता रहेको बताएका छन् ।

गुरुङ समुदायले मनाउने तमु ल्होसारको उपलक्ष्यमा अध्यक्ष दाहालले आज एक शुभकामना सन्देश दिनुहुँदै सांस्कृतिक पर्वले सम्पूर्ण नेपालीमा सहिष्णुता, भातृत्व, आपसी प्रेम र एकताको भावना विकास गर्ने विश्वास व्यक्त गरेका छन ।

तमु ९गुरुङ० समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गर्ने पर्वका रुपमा यो चाड मनाउने गर्दछन् । अध्यक्ष दाहालले मजबुत राष्ट्रिय एकताले नै समृद्ध नेपाल निर्माणको सपना पूरा हुनसक्ने भन्दै राष्ट्रिय एकता र जनतामा आपसी सद्भाव समृद्ध राष्ट्रको पहिलो सर्त भएको बताएका छन । उनले तमु ल्होसारले नेपाली जनसमुदायमा सामाजिक एकता र बन्धुत्वको भावना विकास गर्न सकोस् भन्ने कामना समेत गरेका छन् । रासस

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...
friends bakery