www.tandavnews.com
Fact ~ In search of truth

वर्ष २०१८ : बलिउडका सुपरहिट फिल्म

पोखरा,
ताण्डव न्यूज

२०१८ बलिउड बक्सअफिसका लागि केही फिल्म विशेष बने । फिल्म चर्चाको हिसाबले हिटमात्र होइन, विजनेसमा पनि सानदार रह्यो । यसरी वर्ष २०१८ लाई फर्केर हेर्दा बलिउड फिल्म मध्ये केहीले आश्चर्यकै व्यापार गर्न सफल भए । जस्तो कि, आयुष्मान खुरानाको फिल्म ‘बधाई हो’ हिट भयो । फिल्मको कन्नेन्ट दर्शकले रुचाए । २९ करोडमा बनेको फिल्मले १३६ करोड कमाउन सफल भयो ।

फिल्म रजनीकान्त र अक्षय कुमारको फिल्म ‘२.०’ हो । फिल्मको कहानीले दर्शकलाई अलग दुनियाँमा हुत्यायो । आम जिन्दगीमा हामी जुन फोनको प्रयोग गर्छौँ त्यसले वास्तवमा हाम्रो लागि मात्र होइन पर्यावरण र जीवजन्तुमाथि पनि गहन प्रभाव छाड्छ भन्ने सन्देश फिल्मले प्रवाह गरेको थियो । तामिल भाषामा निर्माण भएको फिल्मले हिन्दी डबमा नै १८८ करोड बढी कमाई गरेको छ । अझै पनि फिल्मको कमाई जारी छ ।

Batas

रणबीर कपूर स्टारर फिल्म ‘सञ्जु’ यस वर्षको सबैभन्दा धेरै कमाई गर्ने फिल्म हो । अभिनेता सञ्जय दत्तको बायोपिक फिल्म सन्जुले घरेलु बजारबाट कुल ३४० करोड कमाएको छ ।

आलिया भट्टको ‘राजी’ पनि दर्शकलाई निकै मन परेको फिल्म हो । फिल्मले भारतबाट मात्र कुल १२३ करोड कलेक्सन गरेको थियो । फिल्म ’राजी’ को कहानी एक भारतीय जासुसको जिन्दगीमा आधारित थियो । राजकुमार राव र श्रद्धा कपूरको फिल्म ‘स्त्री’ ले पनि बक्सअफिसमा अपेक्षा गरेभन्दा राम्रो कमाई गर्यो । बक्सअफिसमा १२९ करोडभन्दा बढी कमाई गर्न सफल भएको छ ।

टाइगर श्राफको फिल्म ‘बागी २’ ले पनि बक्सअफिसमा अपेक्षाभन्दा राम्रो प्रदर्शन गरेको थियो । फिल्मले भारतीय बक्सअफिसमा १६५ करोडभन्दा बढी कमाई गर्न सफल भएको थियो । फिल्ममा टाइगरलाई जबरजस्त एक्सन अवतारमा उतारिएको थियो ।

कार्तिक आर्यनलाई ‘सोनू के टीटू की स्वीटी’ ले सुपरस्टार बनाइदिएको छ । फिल्मले बक्सअफिसमा १०८ करोडभन्दा बढी कमाई गरेको थियो ।

दीपिका पादुकोण, रणवीर सिंह र शाहिद कपूरको फिल्म ‘पद्मावत’ ले पनि बक्सअफिसमा कमाल मच्चायो । फिल्मले बक्सअफिसमा ३ सय करोड कमाएको थियो ।
-एजेन्सीकाे सहयोगमा तयार पारिएकाे

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.