www.tandavnews.com
Fact ~ In search of truth

एआरटी सेवन गर्दै एचआइभी सङक्रमित

वालिङ ।

स्याङ्जामा हाल २६१ एचआइभी सङ्क्रमितले एआरटी औषधि नियमित सेवन गर्दै आएका छन् । जिल्ला अस्पतालमा विगत आठ वर्षदेखि र गह्रौँ घ्याङलिङ प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा विगत दुई वर्षदेखि उक्त सेवा सञ्चालनमा रहेको एआरटी परामर्शकर्ता शङ्कर जिसीले बताए । उनका अनुसार गह्रौँ घ्याङलिङबाट हाल ७८ महिला, ७२ पुरुष, पाँच बालिका, चार बालक गरी १५९ जना छन् ।

यस्तै जिल्ला अस्पतालबाट ६५ महिला, ३७ पुरुषसहित १०२ गरी कूल २६१ जनाले नियमितरुपमा एआरटी सेवन गर्दै आएका छन् । सो तथ्याङ्क हेर्दा जिल्लामा एआरटी सेवन गर्नेमा पुरुषभन्दा महिलाको सङ्ख्या बढी देखिएको छ । सो दुई ठाउँका साथै पोखरा, पाल्पा, बुटवल तथा काठमाडौँसम्म पनि पुगेर एआरटी सेवन गर्नेको सङ्ख्या झण्डै २०० कै हाराहारीमा रहेको उनले जानकारी दिए ।

“एचआइभी सङ्क्रमितहरु बिस्तारै खुल्ने र नियमित औषधि सेवन तथा परामर्शका लागि आउने गर्नुहुन्छ”, परामर्शकर्ता जिसीले भन्नुभयो, “गत आर्थिक वर्षमा मात्रै १७ जना नयाँ सङ्क्रमित भेटिएका थिए ।” सिडिफोर र भाइरल लोड परीक्षणका लागि काठमाडौँ नै पुर्याउनुपर्ने समस्या रहेको छ ।

औषधि सेवन तथा परामर्शका लागि टाढाटाढाबाट आउने सङ्क्रमितहरुलाई एचआइभीकै क्षेत्रमा काम गर्दै आइरहेको सङ्कल्प सहयोग समूहले वालिङ नजीकै खान, बस्नका लागि ‘केयर होम’ को व्यवस्था गरेको छ ।      रासस

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.