www.tandavnews.com
Fact ~ In search of truth

स्याङजामा एक शव फेला,गोरखामा एकको मृत्यु

 

 

पोखरा ,
ताण्डव न्यूज ।

गोरखामा हिजो आइतबार बाटोबाट लडि खोलामा खस्दा एक व्यक्तिको ज्यान गएको छ । गोरखा आरुघाट गाउँपालिका –४ कोखेटारका ४० वर्षीय मन बहादुर थापाको बाटो बाट तल खोलामा खस्दा ज्यान गएको ४ नम्बर प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ ।

Batas

त्यस्तै यता स्याङजामा एक शव फेला परेको छ । गल्याङ नगरपालिका –३ नयाँ बजारमा बस्ने अन्दाजी ३० वर्षीया मणी पाठक मृत शरीर फेला परेको प्रहरीले जनाएको छ । दुवै घटना सम्बन्धि अनुसन्धान भईरहेको प्रहरी नायव उपरीक्षक गोविन्द पुरीले बताएका छन् ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.