संजय रेग्मी
पर्वत /ताण्डव न्यूज ।
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सीनाले शिक्षकहरुलाई १० बजेदेखि ४ बजेसम्मको समय बाहेक अतिरिक्त समय पनि विद्यालयमा दिन अनुरोध गरेका छन ।
पर्वतको जलजला गाउँपालिका ३ मल्लाज स्थित विद्याज्योती मा.वि स्थापनाको ७१ बर्ष पुगेको अवसरमा आईतबार वार्षिकोत्सव समारोहमा बोल्दै उनले शिक्षकहरुलाई जिम्मेवार भएर आफ्नो दायीत्व पुरा गर्न पनि निर्देशन दिए। विद्याज्योतीमा प्राबिधिक विषयको पठनपाठनका लागि प्रक्रिया अघि बढाउन आग्रह गर्दै अध्यक्ष तिमिल्सिनाले आफ्नो ठाउँबाट सहयोग गर्ने प्रतिवद्धता जनाए ।
उनले आफ्नो कार्यकालभित्र जलजला गाउँपालिकाको मुख्य मिलनचोक–शालीजा र वारिबेनी–मल्लाज–लेकफाँट सडक कालोपत्रे गर्ने प्रतिवद्धता जनाए । बगरफाँट देखि सुन्तला गाउँको रुपमा परिचित बाँसखर्क जोड्ने सडक स्तरोन्नतीका लागि ठेक्का प्रक्रिया अघि बढीसकेको पनि उनको भनाई छ । अध्यक्ष तिमिल्सीनाले मल्लाजका अगुवा लालबहादुर अधिकारी र उनकी श्रीमती हेमकुमारी अधिकारीले विद्याज्योती मा.वि मा निर्माण गरेको प्रवेशद्धारको पनि उद्घाटन गरेका थिए ।
समारोहमा जलजला गाउँपालिकाका प्रमुख यामबहादुर मल्ल (रामकृष्ण)ले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि पालिकाले प्राथमिकता दिएको बताए । गाउँपालिकामा रहेको कृषि र पशुपालनको सम्भावनालाई आर्थिक सम्बृद्धीमा रुपान्तरणका लागि आवश्यक पूर्वाधार निर्माणमा केन्द्रित भएको बताउँदै उनले शिक्षा, स्वास्थ्य जस्ता जनताको आधारभुत आवश्यकताप्रती संवेदनशिल रहेको जानकारी गराएका थिए ।
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.