www.tandavnews.com
Fact ~ In search of truth

नेपाल एग्रो माइक्रोफाइनान्स अब लघुवित्त

 

 

पोखरा । 

नेपाल एग्रो माइक्रोफाइनान्सको साधारण सभाले वित्तीय संस्थाको नाम, ठेगाना र पुजीको संरचनामा परिवर्तन गरेको छ ।

Batas

तेश्रो वार्षिक साधारणसभाले नेपाल एग्रो माइक्रोफाइनान्सको साविकको नामलाई नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेड र साविकको ठेगानालाई कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं। १८, विन्ध्यावासिनीमा हुने गरी परिवर्तन गरेको वित्तीय संस्थाका अध्यक्ष रमेशकुमार कर्माचार्यले बताए ।

अध्यक्ष कर्माचार्यका अनुसार वित्तीय संस्थाको तत्काल जारी पूँजी ४ करोड ९७ लाख ७७ हजार ८ सय रुपैयाँ भएको, जारी पूँजीको ३२।५ प्रतिशत साधारण शेयर सर्वसाधारणलाई विक्रीको लागि छुट्याएको र संस्थापक शेयरधनीको शेयर स्वामित्व जारी पुँजीको ६७।५ प्रतिशत हुने गरी परिवर्तन गरेको छ ।

नेपाल एग्रो लघुवित्तका प्रमुख कार्यकारी अधिकृत तेजेन्द्र लम्सालका अनुसार यस वित्तीय संस्थाले सल्यान, प्युठान, रोल्पा, पाल्पा, गुल्मी, पर्वत, वाग्लुङ, कास्की, तनहुँ र लम्जुङ गरी १० जिल्लामा रहेका २६ शाखाबाट १५,९७० महिलाहरु विच वित्तीय कारोवार गरेर ४६ करोड ६० लाख रुपैयाँ लगानी रहेको हुने गरी कर्जा प्रवाह गरेको, १४ करोड १४ लाख वचत संकलन गरेको छ ।

वित्तीय संस्थाले सर्वसाधारणलाई छुट्¥याएको शेयर विक्रीको प्रकृया शुरु गरी सकेको, वित्तीय संस्थाले सल्यानमा ३, प्युठानमा १,रोल्पामा १, पाल्पामा ३ र गुल्मीमा ४ शाखा गरी प्रदेश नंं. ५ अन्तर्गत १२ शाखा सञ्चालन गरेको र गण्डकी प्रदेशमा १४ शाखा सञ्चालन गरेको प्रमुख कार्यकारी अधिकृत लम्सालले बताए ।

नेपाल एग्रो लघुवित्तको दोश्रो वार्षिक साधारण सभाबाट मर्जरमा जानको लागि एक वा एक भन्दा बढि उपयुक्त बैंक÷वित्तीय संस्थाहरु गाभ्ने÷गाभिने तथा प्राप्ती गर्ने वा प्राप्ती हुने जाने प्रयोजनका लागि उपयुक्त बैंक÷वित्तीय संस्थाहरु पहिचान गर्ने, समझदारीपत्रमा हस्ताक्षर गर्ने सोको आधारमा सैद्धान्तिक स्विकृतीको लागि नेपाल राष्ट्र बैंक समक्ष निवेदन दिन तथा अन्य आवश्यक थप कार्य गर्न सञ्चालक समितिलाई सम्पूर्ण अख्तियारी दिएकोमा सोहि बमोजिम सञ्चालकहरु विनिता कोइराला, पिएचडीको संयोजकत्वमा निलकण्ठ शर्मा लम्साल र सरिता अधिकारी सदस्य रहने गरी मर्जर वा प्राप्ति(एक्विजिसन)समिति गठन भइसकेको प्रमुख कार्यकारी अधिकृत तेजेन्द्र लम्सालले बताए ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.