www.tandavnews.com
Fact ~ In search of truth

भवन बनाउन २५ लाखको जग्गादान

 

दमौली ।

तनहुँको व्यास नगरपालिका–१ गल्वुबेँसी निवासी यशोदा भट्ट क्षेत्रीले आमा समूहको भवन निर्माणका लागि २५ लाख रुपैयाँ बराबरको जग्गादान गरेका छन् ।

गल्वुबेँसी सिर्जनशील आमा समूहको भवन निर्माणका लागि क्षेत्रीले तीन आना घडेरी दान गरेका हुन् । उनी सोही आमा समूहको अध्यक्षसमेत हुन् । क्षेत्रीले आफ्ना दिवङ्गत पति बालकृष्ण भट्ट क्षेत्रीको स्मृतिमा घर नजिकैको जग्गा आमा समूहको नाममा मालपोत कार्यालय तनहुँबाट रजिष्ट्रेशन पास गरिदिएको आमा समूहका सचिव गीता बाँस्तोलाले जानकारी दिए ।

आमा समूहको भवन नहुँदा बैठक बस्नका लागि कसैको घर वा चौर चहार्दै हिँड्नुपरेको अवस्थाको अन्त्य गर्न आफूले जग्गादान दिएको क्षेत्रीले बताए । आमा समूहको नाममा जग्गा प्राप्त भएपछि अब भवन निर्माणको काम शुरु गरिने समूहका सचिव बाँस्तोलाले जानकारी दिए । आमा समूहले देउसीभैलो खेलेर तीन लाख सङ्कलन गरेको छ ।

भवन निर्माणका लागि अपुग रकम स्थानीय, प्रदेश र सङ्घीय सरकारसँग समेत माग गरिने र स्थानीयवासीबाट समेत दान सङ्कलन गरिने उनले बताए । रासस

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.