www.tandavnews.com
Fact ~ In search of truth

१ सय ६० केजी चरेशसहितको ट्रक र चालक पक्राउ

पोखरा ,
ताण्डव न्यूज ।
लुकाएर भारीमात्रामा लागुऔषध ल्याउँदै गरेको ट्रक र चालकलाई वीरगन्ज प्रहरीले नियन्त्रणमा लिएको छ ।

वीरगन्ज महानगरपालिका –३१ बेल्वाबाट पर्सा प्रहरीले १ सय ६० केजी चरेश लुकाएर ल्याउदै गरेको नां.४ ख २९८५ नम्बरको ट्रकलाई नियन्त्रणमा लिएको हो । प्रहरीले ट्रक चालक मकवानपुरको हेटौडा उपमहानगरपालिका –१२ पदमपोखरीका २९ वर्षीय सागर बललाई पक्राउ गरि अनुसन्धान थालेको छ ।

बरामद भएको चरेश चालु आर्थिक वर्षको अहिले सम्मकै सबैभन्दा ठुलो परिणाम भएको प्रहरीले बताएको छ ।

तस्बिर : गुगलबाट

 

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.