www.tandavnews.com
Fact ~ In search of truth

‘नेपाल सुपर लिग’ फुटबल प्रतियोगिता हुने

काठमाडौँ ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले ‘नेपाल सुपर लिग’ फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।

आज यहाँ आयोजित पत्रकार सम्मेलनमा एन्फाले नेपाल स्पोर्ट्स एण्ड इभेन्ट्स म्यानेजमेन्टको व्यवस्थापनमा आयोजना गर्ने ‘सुपर लिग’ प्रादेशिक अवधारणाका आधारमा सो प्रतियोगिता हुने जानकारी दिएको हो । प्रतियोगितामा सात प्रदेशले प्रतिस्पर्धा गर्नेछन् ।

लिगका लागि एन्फाले हाल रहेको १४ ‘ए’ डिभिजन क्लबका १४० खेलाडी छनोट गरेर सबै प्रदेशलाई समान रुपले प्रदान गरेर टोली बनाउने एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले जानकारी दिए । प्रतियोगिता सिङ्गल राउण्ड रोबिनको आधारमा हुनेछ ।

सो प्रतियोगितामा २१ लिग खेल र प्ले अफ गरी २५ खेल हुनेछन् । टोलीमा विदेशी खेलाडीसमेत सहभागी हुन पाउनेछन् ।

Lama collectio News Middle

एन्फा अध्यक्ष शेर्पाले भने , “प्रतियोगिता वैशाख र जेठमा पूर्वाधार भएको प्रदेशमा आयोजना गर्ने गरी तयारी शुरु गरेका छौँ ।”

एन्फाले प्रतियोगिताको व्यवस्थापनका लागि नेपाल स्पोर्ट्स एण्ड इभेन्ट्स म्यानेजमेन्टसँग सम्झौता गरेको छ । सम्झौताअनुसार लिगमा प्रतिष्पर्धा गर्ने टोलीको नाम, तयारी र प्रायोजक इभेन्ट्स म्यानेजमेन्टले हेर्नेछ ।

सम्झौतामा एन्फा अध्यक्ष शेर्पा र इभेन्ट्स म्यानेजमेन्टका अध्यक्ष निर्वाण चौधरीले हस्ताक्षर गरे ।

यस्तै एन्फाले नेपाल स्पोर्ट्स एण्ड इभेन्ट्स म्यानेजमेन्टकै व्यवस्थापनमा विद्यालयस्तरीय लिग आयोजना गर्ने समेत जनाइएको छ । विद्यालय लिगमा ११ टोली छनोट गरेर ५५ खेल आयोजना गर्ने एन्फाले जनाएको छ । सो लिग करीब छ महीना चल्नेछ ।(रासस)

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...
Hotpop