www.tandavnews.com
Fact ~ In search of truth

प्रेस युनियन गोरखामा नरेन्द्र ढकाल

गोरखा ।

नेपाल प्रेस युनियन गोरखाको अध्यक्षमा नरेन्द्र ढकाल चयन भएका छन् । सदरमुकाममा मङ्गलबार सम्पन्न अधिवेशनले ढकालको नेतृत्वमा नौ सदस्सीय कार्यसमिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा नरहरि सापकोटा, सचिवमा मोहसिन अलिमियाँ, सहसचिव सस्मिता पन्त र कोषाध्यक्षमा सुनिल कुँवर चयन हुनुभएको प्रेस युनियनका निवर्तमान जिल्ला अध्यक्ष रामशरण आर्चायले जानकारी दिए । समितिको सदस्यमा अञ्जन खत्री, अजित खनाल, शिवराम श्रेष्ठ र सलिना गुरुङ चयन भएका छन् । अधिवेशनले केन्द्रीय प्रतिनिधिमा रामशरण आचार्य, किशोरजङ्ग थापा, प्रसन्न पोखरेल, दीपक दाहाल, करिष्मा केसी, शिव उप्रेती, आत्माराम श्रेष्ठ र कैलाशबाबु श्रेष्ठलाई चयन गरेको छ ।

त्यस्तै प्रदेश प्रतिनिधिमा सलिना गुरुङ, प्रकाश ढकाल, सन्तोष अधिकारी, नरहरि सापकोटा, अञ्जन खत्री, सस्मिता पन्त, मोहसिन अलिमियाँ, सिर्र्जना अर्याल र अनिल कुँवरलाई चयन गरिएको छ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.