www.tandavnews.com
Fact ~ In search of truth

मोदीमा ‘एक घर एक धारा’

 

 

संजय रेग्मी ,
पर्वत / ताण्डव न्यूज ।

पिउने पानीको चरम समस्या रहेको पर्वतको मोदी गाउँपालिका २ ओटा वडामा एक घरका लागि एक धारा निर्माण गर्ने खानेपानी योजना शुरु भएको छ । हिउँद र बर्खा सबै समयमा पिउने पानी सहित चौपायाको लागि समेत पानीको अभाव रहेको वडा नं. ६ तिलाहार र वडा नं. ८ चित्रेमा दराक तिलहार खानेपानी योजना निर्माण शुरु भएको हो ।

खानेपानी तथा सरसफाई डिभीजन बागलुङ्गले झण्डै ३ करोडको लागतमा खानेपानी योजना निर्माण शुरु गरेको हो । खानेपानी योजनाबाट दुई ओटा वडाका ३ सय ४३ घरमा एक घर एक धारा निर्माण गरिने डिभीजन प्रमुख प्रेम डोटेलले जानकारी दिए ।

योजनाबाट मोदी ८ को ओडारे, मोदी ७ को दराक, रात्माटा र ठानागाउँमा खानेपानी आपुर्ति हुनेछ । डिभीजनकी इन्जिनियर संगिता बरालले उपभोक्ताले २० प्रतिशत श्रमदान गरि योजना समयमा सम्पन्न गर्ने गरी खानेपानी योजनाको काम अगाडि बढेको बताए ।

योजनाको प्रतिनिधि सभाका सदस्य पद्यम गिरीले शिलन्यास गरेका छन । कार्यक्रममा बोल्दै उनले चार बर्ष भित्रमा पर्वत जिल्लालाई मुलुकमै पहिलो स्वच्छ पिउने पानीयुक्त जिल्ला बनाउने लक्ष्य सहित खानेपानी क्षेत्रमा काम भैरहेको बताए ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.