www.tandavnews.com
Fact ~ In search of truth

टुकीबाट आगो सल्किदाँ बेगनाशमा ३ घाईते

 

 

पोखरा ,
ताण्डव न्यूज ।

पोखरामा आगलागीमा परि ३ जना घाईते भएका छन् ।

Batas

सुत्ने कोठामा बाली राखेको टुकी बत्ती अचानक लड्न गई आगो सल्किदाँ कोठामा रहेका ३ जना घाईते भएका हुन् । रामेछाप ढोरमा –५ घर भई हाल पोखरा महानगरपालिका –३१ बेगनाश स्थित महेश सुबेदीको घरमा डेरा गरि बस्ने ४७ वर्षीया सिता परियार उनकी ७ वर्षीय नाती निरज परियार र छोरा १० वर्षीया सकुल परियार आगोबाट घाईते भएका जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

आगलागीबाट लत्ताकपडा ,१ मुरी धान गरि २५ हजार बराबरको क्षती भएको प्रहरीले जानकारी दिएको छ । घाईते तीनै जनाको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.