www.tandavnews.com
Fact ~ In search of truth

जमीनमुनि लुकाइ राखेको लागुऔषध बरामद

 

 

गलकोट ।

बागलुङ जिल्ला प्रहरी कार्यालयले ठूलो मात्रमा लागुऔषध बरामद गर्न सफल भएको छ ।

Lama collectio News Middle

बागलुङ नगरपालिका–४ उपल्लाचौरस्थित विजय खाजाघरका सञ्चालिका बागलुङ नगरपालिका–१३ पैयुँपाटा निवासी ४३ वर्षीया शान्तिदेवी कुँवरको खाजाघर पछाडिको खाली जमीनमुनि लुकाइछिपाइ राखेको स्थानमा बुधबार दिउसो उत्खनन् गर्दा प्लाष्टिकको बोरामा प्लाष्टिककै डिब्बाभित्र दुई मिलीग्रामका डाइजेपाम १०५, फेनार्गन १०५ र नुर्फिन १०५ एम्पुल बरामद गरिएको थियोे ।

उक्त कार्यालयका अनुसार उपल्लाचौरस्थित नेपाली सेनाको २३ नं बाहिनी अड्डा नजिकै खाजाघर सञ्चालन गरी बस्ने कुँवरले खाजाघरमा अवैध लागुऔषध लुकाइछिपाइ राखी बिक्री वितरण गर्ने गरेकामा तत्काल पैसा तिर्न नसक्ने लागुऔषध प्रयोगकर्ताको मोबाइल, ल्यापटपलगायत सामग्री समेत धितो लिने गरेको अनुसन्धानबाट पत्ता लागेको थियो ।

कुँवरलाई पुस १४ गते प्रहरीले नियन्त्रणमा लिएर खाजाघर खानतलासी गर्दा माथिल्लो तलामा लुकाइछिपाइ राखेको अवस्थामा दुई एमएल लेखिएको डाइजेपाम, फेनार्गन र नुर्फिन दुई÷दुई एम्पुल र लागुऔषध प्रयोगकर्ताले धितो राखेका सामसुङ मोबाइल ५ थान, कलर्स मोबाइल चारथान, नोकिया मोबाइल एक थान, डाइमण्ड मोबाइल एक थान, सोलारपावर बैँक एक थान, आइफोन एक थान, इण्टेल लेखिएको ट्याब एक थान, एसर ल्यापटप एक थानसमेत बरामद गरी थप अनुसन्धान थालिएको प्रहरी उपरीक्षक दीपक रेग्मीले बताए । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...
friends bakery