www.tandavnews.com
Fact ~ In search of truth

२०७६ मा सार्वजनिक विदा थपिदैँ

 

पोखरा ,
ताण्डव न्यूज ।

यो वर्ष कटौती गरिएका सार्वजनिक विदा आगामी साल २०७६ मा थपिने भएको छ । केपी ओली नेतृत्वको सरकार बनेसगैँ कटौती गरिएका १२ दिन सार्वजनिक बिदा सरकारले थप गर्ने तयारी गरेको छ ।
विभिन्न जाती ,भाषा,धर्मका मानिसले मान्ने चाडपर्वमा दिइने बिदामा विभेद भएको भन्दै सरकारको आलोचना भइरहँदा सरकारले बिदा थप गर्ने तयारी गरेहको हो ।

Batas

बिदा पुरावलोकन गर्न गठित कार्यदलले विभिन्न समुदायका काट्एिका कुल १२ दिन सार्वजनिक बिदा थप गर्न सरकारसमक्ष प्रस्ताव पेस गरेको छ । उक्त कार्यदलमा गृहमन्त्री रामबहादुर थापा, सहरी विकासमन्त्री मोहम्मद इश्तियाक राई र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र  अधिकारी सदस्य थिए।

उनीहरुले किराँत चाड उभौली (बु्द्ध पूर्णिमा ) र उधौलीका लागि २, इद उल फित्र, बकर इद र मोहम्मद जयन्तीमा ३, क्रिसमसमा १, तमु ल्होसार, सोनाम ल्होसार र ग्याल्बो ल्होसारमा ३, छठ पर्वमा १, ऋषि पञ्चमी (महिलालाई मात्रै) १, माघीपर्वमा १ र जनै पूर्णिमामा १ दिन गरी १२ दिन थप गर्न प्रस्ताव गरेको हो।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.