www.tandavnews.com
Fact ~ In search of truth

राप्रपाद्वारा रेशमलाल चौधरीको सपथको विरोध

 

काठमाडौँ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा रहेका रेशमलाल चौधरीलाई प्रतिनिधिसभा सदस्यको सपथ गराउने कार्यप्रति विरोध जनाएको छ ।

पार्टीका नेता भुवन पाठकले जारी गरेको विज्ञप्तिमा विसं २०७२ भदौमा टिकापुरमा भएको घटनाका अभियुक्त चौधरीलाई सपथ गराउने कार्यले कानूनी राज्यको सिद्धान्तप्रति उपहास भएको जनाएको छ ।

उक्त घटनामा सात प्रहरी तथा अढाई वर्षे बालकको मृत्यु भएको थियो । घटना लगत्तै फरार चौधरीले निर्वाचन आयोगमा वारिसनामार्फत उम्मेदवारी दर्ता गराइ विसं २०७४ मङ्सिर २१ मा भएको चुनावमा कैलाली–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

निर्वाचनपछि अदालतमा आत्मसमर्पण गरेका चौधरीलाई प्रहरी हिरासतमा राखिएकामा हिजो बिहिबार प्रतिनिधिसभा सदस्यको सपथ गराइएको थियो । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.