www.tandavnews.com
Fact ~ In search of truth

जिसी र सुवेदीको ‘छ्याप्पै डाली काटेर घाँस’ बजारमा

पोखरा,
ताण्डव न्यूज ।

पार्बति जिसी र कृष्ण सुवेदीकाे माैलिक झ्याउरे लोक दोहोरी गीत ‘छ्याप्पै डाली काटेर घाँस’ बजारमा आएकाे छ । कृष्ण सुवेदीको शब्द लयमा बजारमा आएको गीतमा महिला आवाज पार्वती जिसीको रहेको छ ।

गीतलाई गायक तथा सर्जक कृष्ण सुवेदीको अफिसियल युट्युव च्यानलबाट सार्वजानिक गरिएको छ । गीतको भिडियोलाई चर्चित निर्देशक शंकर बिसीले निर्देशन गरेका छन् भने भिडियोमा बिसी र सुनिता नेपालीले कम्मर मर्काएका छन् ।

Batas

दुर्गा पौडेलले खिचेकाे भिडियाेलाइ नबिन घर्ति मगरले सम्पादन गरेका छन् । गीत हरेक दृष्टिबाट उत्कृष्ट बनेको गायिका पार्बति जिसी बताउँछिन् ।

धेरै पछि मौलिक गीत सुन्न पाएका स्रोताको प्रतिक्रियाबाट खुशी मिलेको सुवेदीले बताए ।   जिसी र सुवेदीको यसअघि तीजको गीत ‘भाउजूको भाइ राम्रो र आँखा झिमीझिमी’मा सहकार्य रहेको थियो ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.