www.tandavnews.com
Fact ~ In search of truth

ट्र्याक खुलेको दुई दशकपछि सडक स्तरोन्नति

म्याग्दी ।

जलजला गाउँपालिका–४ मोहनचोकदेखि मल्लाजको फड्केढुङ्गा जोड्ने सडक ट्र्याक खुलेको दुई दशकपछि स्तरोन्नति शुरु भएको छ ।

जलजला गाउँपालिकाले बेनी–मालढुङ्गा सडकको मोहनचोक खण्डदेखि फड्केढुङ्गा हुदैँ मल्लाज जोड्ने पाँच किलोमिटर २५० मिटर सडक स्तरोन्नति शुरु गरेको हो । विसं २०५५ मा विश्व खाद्य कार्यक्रमको सहयोगमा ट्र्याक खुलेको सडकलाई जलजला गाउँपालिकाले स्तरोन्नति गर्न लागेको वडाध्यक्ष भिष्म मल्लले जानकारी दिए ।

फराकिलो बनाउने, ग्यावियन र पक्की पर्खाल लगाउने, नाली बनाउने, ढलान र कालोपत्र गरिने उनले बताए । गत वर्ष विनियोजन भएको ९० लाख रुपैयाँबाट उपभोक्ता समितिमार्फत सिद्धको थान भन्ने ठाउँसम्म फराकिलो बनाएको सडकलाई थप बजेट विनियोजन गरेर निरन्तरता दिइएको छ ।

सडकको प्रवेशविन्दुमा पर्ने मोहनचोक नजिकै खोलाको किनार र खेतको बीचमा रहेको २८३ मिटर सडक ढलान गरिसकिएको उपभोक्ता समितिका अध्यक्ष इन्द्र मल्लले बताए । आठ मिटर चौडाइमा ढलानका साथै नाली पनि बनाइएको छ ।

सडक स्तरोन्नतिका लागि यस वर्ष गाउँपालिकाले ९९ लाख रुपैयाँ विनियोजन गरेको अध्यक्ष मल्लले बताए । गत वर्ष नयाँ ट्र्याक खोलेर घुमाउरो सडकको एक किलोमिटर दूरी छोट्याइएको छ । हाल साढे तीन मिटर चाक्लो रहेको सडक कम्तीमा आठ मिटर फराकिलो बनाइने भएको छ ।

स्थानीयवासीलाई सहज रूपमा आवतजावतका साथै तरकारी, सुन्तला, दूधलगायत कृषि उपज निकासीमा सहज हुने अपेक्षा गरिएको छ ।     रासस

सांकेतिक तस्बिर :गुगलबाट

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.