www.tandavnews.com
Fact ~ In search of truth

फ्रान्सका विदेश सचिव मोरि मोन्टान नेपाल आउँदै

 

 

काठमाडौँ ।
नेपाल र फ्रान्सबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वार्षिकोत्सवका सन्दर्भमा फ्रान्सको विदेश मन्त्रालयका सचिव मोरि मोन्टान गुर्दो नेपालको दुई दिवसीय भ्रमणमा यही पुस २५ गते राजधानी आउने भएका छन् ।

परराष्ट्र सचिव शङ्करदास वैरागीको निमन्त्रणामा उनका फ्रान्सेली समकक्षीबाट हुन लागेको यो भ्रमणका क्रममा सोही दिन दुई देशका विदेश सचिवको नेतृत्वमा द्विपक्षीय परामर्श संयन्त्रको बैठक हुनेछ ।

बैठकमा दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ तुल्याउने तथा पारस्परिक हित र लाभका समग्र विषयमा विचारविमर्श हुने सचिव वैरागीले राससलाई जानकारी दिए ।

नेपाल–फ्रान्स कूटनीतिक सम्बन्धको ७०औँ वर्ष प्रवेश आगामी अप्रिल २० तारिखमा हुने तथा त्यसपछि वर्षभरि दुवै देशले आयोजना गर्ने विविध कार्यक्रमबारे पनि आफूहरूबीच छलफल हुने उनले बताए ।

बैठकपछि दुवै देशका परराष्ट्र सचिवले परराष्ट्र मन्त्रालयमा संयुक्त पत्रकार सम्मेलन गर्ने कार्यक्रम रहेको यहाँस्थित फ्रान्सेली राजदूतावासले जनाएको छ ।

यसअघि सचिव वैरागीले आफ्ना समकक्षीसँग गत कात्तिक २६ गते पेरिसमा भेटवार्ता गरेका थिए । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.