www.tandavnews.com
Fact ~ In search of truth

सामाजिक काममा तलब खर्चर्दै सांसद पहारी

 

 

कास्की ।
गण्डकी प्रदेशसभाका सदस्य राजीव पहारीले संसद् सचिवालयबाट आफूले प्राप्त गरेको हालसम्मको तलबभत्ता सामाजिक कार्यमा सहयोग गरेका छन ।

प्रदेशसभा सदस्यमा निर्वाचित भएर २०७४ माघ ७ गते शपथ लिएसँगै त्यसबेलादेखि मङ्सिर मसान्तसम्मको तलब भत्तावापतको चार लाख ५० हजार रुपैयाँ विभिन्न सङ्घसंस्था, विद्यालय, क्लब तथा आमा समूहलाई प्रदान गरेको सांसद पहारीले बताए ।

Batas

उहाँले कास्कीकोट थुन्सेडाँडामा खानेपानी पाइपका लागि ६० हजार, फेवाताल संरक्षणका लागि वडा विकास समिति–६ लाई ८० हजार, बलात्कारपछि हत्या गरिएकी बालिका श्रीया सुनारको परिवारलाई १० हजार, विभिन्न आमा समूहलाई ४० हजार र कास्की खेलाडी सङ्घलाई २३ हजार रुपैयाँ बराबरको युरोगार्ड सहयोग गरेको जानकारी दिए ।

पहारीले आफ्नो निर्वाचन क्षेत्रका सिद्ध आधारभूत विद्यालय लुम्ले, ज्ञानोदय आधारभूत विद्यालय अन्नपूर्ण–६, जनसिद्ध आधारभूत हर्पन, सिद्धबराह मावि ठूलाखेत, हिमालय मावि तोल्का, धर्मस्थली आधारभूत विद्यालय पोखरा–५, सिर्जना सामुदायिक विद्यालय अन्नपूर्ण–१, धारापानी विद्यालय पाउँदुर र प्रगतिशील मावि सल्यानलाई पिउने पानीका लागि एक÷एक थान युरोगार्ड प्रदान गरेका छन्।

आगामी दिनमा पनि तलबभत्ता सामाजिक कार्यमै खर्चिने पहारीले बताए।   रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.