www.tandavnews.com
Fact ~ In search of truth

रोकियो मनाङेको सपथ

 

पोखरा,
ताण्डव न्यूज ।

गुण्डा नाइके राजीव गुरुङ उर्फ दिपक मनाङेले तत्काललाई गण्डकी प्रदेश सभा सदस्यको हैसियतले सपथ ग्रहण गर्न नपाउने भएका छन् । आइतबार सभामुख नेत्रनाथ अधिकारीले डाकेको सांसद परामर्श समितिको बैठकमा कानुनी कुराहरु नटुंग्याई सपथ गराउन नहुने सुझाब आएपछि तत्काललाई उनको सपथ ग्रहण नहुने भएको हो ।

Batas

‘तत्काललाई राजीब जीको सपथ ग्रहण गर्न कानुनी कुराहरुले समस्या देखिएकोले सभामुख ज्यूलाई त्यहि सुझाब दियौँ,’ समितिका संयोजक मायानाथ अधिकारीले भने, ‘उनले अहिले भएको कानुनी पाटोहरु सुल्झाएर आए पाइहाल्नु हुन्छ ।’

मनाङ ख बाट निर्वाचित भएका मनाङे सपथ खान नपाई ज्यान मुद्धामा दोषी ठहरिएर जेल चलान भएका थिए । मनाङेले गत पुस ११ गते सपथ खान पाउँ भनी प्रदेश सभा पुगेर निबेदन दर्ता गरेका थिए ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.