www.tandavnews.com
Fact ~ In search of truth

नयाँपुलमा जिप दुर्घटना, चालक भिमको मृत्यु

 

पोखरा ,
ताण्डव न्यूज ।

कास्कीको अन्नपुर्ण गाउँपालिकामा सवारी दुर्घटना हुदाँ सवारी चालकको मृत्यु भएको छ ।

दुर्घटनामा अन्नपुर्ण गाउँपालिका –५ झोबाङ बस्ने वर्ष अन्दाजी ३४ / ३५ भिम बहादुर खत्री क्षेत्रीको दुर्घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । अन्नपुर्ण गाउँपालिका –१० स्थित हुँदुमा नयाँपुलबाट अन्नपुर्ण ११ मिचुतर्फ जादैँ गरेको ग १ ५१९७ नम्बरको जिप सडकबाट अन्दाजी ३ सय मिटर तल खस्दाँ चालक क्षेत्रीको मृत्यु भएको हो ।

यस्तै यता पोखरा महानगरपालिका –१२ सरस्वती स्कुल अगाडी स्कुटर र मोटरसाइकल एक आपसमा ठोक्किदाँ तिन जना घाइते भएका छन् । ग ८ प ३३४४ नम्बरको स्कुटर र ग १० प ८००६ नम्बरको मोटरसाइकल ठोक्किदाँ पोखरा –१३ संगम टोलका ५७ वर्षीय प्रत घले,५३ वर्षीया यमकाशी घले र ६ वर्षीय एल घले घाईते भएको प्रहरीले जनाएको छ ।

घाईतेहरुको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ । सवारी साधन र चालकलाई नियन्त्रणमा लिई घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सांकेतिक तस्बिर:गुगलबाट

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.