www.tandavnews.com
Fact ~ In search of truth

डुम्रेबाट बन्दीपुरसम्म मिनी म्याराथुन

 

 

तनहुँ ।

बन्दीपुर गाउँपालिकाको आयोजनामा माघ १ गते डुम्रेबजारबाट बन्दीपुरको टुँडिखेलसम्म मिनी म्याराथुन खुला दौड प्रतियोगता हुने भएको छ । करीब आठ किलोमिटरको उक्त दौडमा प्रथम हुनेले ४० हजार, दोस्रो हुनेले २० हजार, तेस्रो हुनेले १० हजार र चौथो र पाँचौँले पाँच–पाँच हजार पुरस्कार पाउने छन् ।

Batas

स्थानीय तहमा बन्दीपुरलाई चिनाउन, पर्यटकीय क्षेत्र प्रवद्धर्न गर्न, शिक्षालाई केन्द्रका रुपमा विकास गर्न, कृषि ,उद्योगलाई प्रदेश सरकारको केन्द्रबिन्दु बनाउन र आन्तरिक एवं बाह्य पर्यटक प्रवद्धर्न गर्ने उद्देश्यले उक्त प्रतियोगिता आयोजना गर्न लागिएको प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले बताए । रासस

सांकेतिक तस्बिर :गुगलबाट

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.