www.tandavnews.com
Fact ~ In search of truth

सिँचाइ योजनाको सम्झौता

 

 

पर्वत ।

जिल्लाको ग्रामीण क्षेत्रमा निर्माण हुन लागेका सिँचाइ योजनाको सम्झौता हुन थालेका छन् ।

Batas

गण्डकी प्रदेश अन्तर्गत स्थापना भएको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयद्वारा चालु आर्थिक वर्षका लागि तोकिएका योजना सम्झौता भई काम समेत शुरु हुन लागेका हुन् । प्रदेश सरकार अन्तर्गत सिँचाइका नौवटा योजनामध्ये पाँच वटा सम्झौता भइसकेका छन् । तीन वटाको सर्भेक्षण सम्पन्न भई लागत अनुमान तयारीमा रहेको सो कार्यालयले जनाएको छ ।

प्रदेश सरकार अन्तर्गतकै नदी नियन्त्रणतर्फ सात योजना रहेकामा चार सम्झौता भइसकेका छन् । दुईको लागत अनुमान तयार हुँदै गरेको र एउटा योजनाको सर्भेक्षण शुरु गरिएको कार्यालय प्रमुख विदुरमान श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार एशियाली विकास बैंकको सहयोगमा सञ्चालित जिल्लाको सबैभन्दा ठूलो सिँचाइ योजनाको निर्माणकार्य तीव्र रुपमा भइरहेको छ । फलेवास नगरपालिकामा रहेको उक्त योजना चालु आर्थिक वर्षको चैत मसान्तसम्म सम्पन्न हुने बताइएको छ ।

त्यसैगरी सङ्घीय सरकारको बजेट अन्तर्गत भोर्लेडाँडा सिञ्चाइ आयोजना फलेवास–१० कुर्घा र कर्नास–माझकुलो सिञ्चाइ योजना फलेवास–११ पाङराङको काम पनि अन्तिमचरणमा पुगेको छ । चिर्दिखोला घट्टेकुलो सिँचाइ आयोजनाको पनि बोलपत्र आह्वान भइरहेको छ ।

कूल दुई करोड ९८ लाख ९६ हजार रुपैयाँ बराबरको लागतमा निर्माण हुने उक्त आयोजनाबाट ४५ हेक्टर क्षेत्रफलमा सिँचाइ हुनेभएको छ । झण्डै तीन किलोमिटर नहर निर्माण गर्नुपर्ने उक्त आयोजनाबाट २२० कृषक लाभान्वित हुने छन् ।

जलजला गाउँपालिका–८ नाङलीवाङमा पनि बाँस्कोट खोला ओडारे सिँचाइ आयोजना निर्माण हुने भएको छ । उनका अनुसार उक्त आयोजनाबाट ४५ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुग्ने भएको छ । कूल दुई करोड ३० लाख ४६ हजार योजनाको लागत रहेकोमा एक करोड ४९ लाख ७२ हजार ३ सय ८७ ठेक्का रकम रहेकोे छ ।

जिल्लामा झण्डै सात हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुगेको छ । चालु आर्थिक वर्षमा सञ्चालित योजना पूरा भएपछि करीब २०० हेक्टर थप जमीनमा सिँचाइको सुविधा पुग्ने अनुमान गरिएको छ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.