www.tandavnews.com
Fact ~ In search of truth

दैलेखको राकममा साँग्रिला

पोखरा ।

साँग्रिला डेभलपमेन्ट बैंकले दैलेख जिल्लाको आठबीस नगरपालिका वडा नं. ४ स्थित राकम शाखाको विधीवत उद्घाटन गरि कारोबार शुरु गरेको छ ।

उक्त शाखाको उद्घाटन आइतबार बैंकका संचालक अच्युुत प्रसाद प्रसाई तथा आठबीस नगरपालिकाका मेयर खड्गराज उपाध्यायले संयुुक्त रुपमा गरेका हुन । हालसम्म उक्त स्थानमा बैंक तथा वित्तीय संस्थाको उपस्थिती नरहेकोले मेयर खड्ग राज उपाध्यायले बैंकसंग सहकार्य गर्दै स्थानीय स्तरमा बैंकिङ्ग सेवा पुर्याउन बैंकलाई सक्दो सहयोग गर्ने बताए । सोही अवसरमा उपमेयर दीपा बोहरा तथा वडा नं. ४ र १२ का अध्यक्षहरु तथा ग्राकहका तर्फबाट स्थानीय व्यापारी राम बहादुर कठायतले बोलेका थिए ।

हालसम्म सातवटै प्रदेशमा गरि बैंकको शाखा संख्या ७७, तथा २३ वटा एटीएम मार्फत करिब २ लाख ५६ हजार भन्दा बढी ग्राहकहरुलाई आधुुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आई रहेको बैकका प्रमुख कार्यकारी अधिकृत सुुयोग श्रेष्ठले बताए ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.