www.tandavnews.com
Fact ~ In search of truth

जोशीलाई जिम्मेवारी मुक्त गर्ने चलखेलप्रति बारको ध्यानाकर्षण

 

 

काठमाडौँ ।

नेपाल बार एशोसिएशनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले न्यायाधीश दीपकराज जोशीलाई वरिष्ठताबाट हटाउने, न्यायपरिषद् सदस्यबाट अलग्याउने र संवैधानिक परिषद्बाट हटाउने कार्य गरेको भन्दै यस कार्य प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

Batas

बारका महासचिव खम्बबहादुर खातीले जारी गरेको प्रेस विज्ञप्तिमा निर्वतमान प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले तोकिँदै आएको इजलाससमेत नतोकिने कार्य गैरसंवैधानिक, गैरकानूनी र प्राकृतिक न्यायको सिद्धान्त विपरीत भएको उल्लेख छ ।

बारले प्रधानन्यायाधीश राणाले गरेका गैरकानूनी निर्णय तत्काल फिर्ता लिई स्वतन्त्र न्यायपालिकाको रक्षा, मानवअधिकारको सम्मान, विधिको शासन र न्यायको अनभूति दिलाउने माग गरेको छ ।न्यायको धरोधर र आस्थाको केन्द्रका रुपमा रहेको न्यायपालिका र संविधानको व्याख्या गर्ने सर्वोच्च अदालतका प्रधानन्यायाधीशले कतैबाट पनि दबाब र प्रभाव पर्न नहुने विज्ञप्तिमा उल्लेख छ ।  रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.