www.tandavnews.com
Fact ~ In search of truth

मौकामा चौका हान्ने व्यवसायीलाई खै कारबाही

अंग्रेजी नयाँ वर्षको अवसर पारेर आयोजित सडक महोत्सवमा यो पटक आतिसबाजी भएन । हरेक वर्षजस्तो आयोजना हुने यो महोत्सवमा आतिसबाजी हुने गरेको थियो । तर, यो पटक भने प्रशासनले नै आतिसबाजी नगर्नको लागि पत्र नै काटेको थियो ।

प्रशासनले आतिजवाजी नगर भनेर पत्र काट्यो तर महोत्सवको नाउमा मनपरी मूल्य बढाउन पाइदैन, र मूल्य बढाएमा कारबाही हुने भनेर उल्लेख गरेन । जसले गर्दा महोत्सव भन्दा पनि नयाँ वर्ष पोखरा मनाउन आएका पर्यटकलाई मूल्यले ढाड सेकाएको छ ।

वर्षेनी आन्तरिक र बाह्य पर्यटकको ओइरो लाग्ने महोत्सव सफलसँगै यो पटक बढी आलोचित पनि भयो । खानेकुराको मेन्यूमा अधिकमूल्य बृद्धि, होटेलको कोठाको मूल्य बृद्धि जस्ता विविध गुनासाहरु आए । एक बोत्तल पानीको मूल्य ५० रुपैयाँ, एक प्लेट ममको मूल्य ३ सय रुपैयाँसम्म तिर्न बाध्य भए पर्यटकहरु ।

Batas

अरुबेला एक रातको एक हजारदेखि १२ सय रुपैयाँसम्म पर्ने होटेलको कोठा अहिले ३५ सय हाराहारी सम्म पाहुनाले तिरे । होटेल व्यवसायीले महोत्सवको नाम देखाएर कमाउने भाडो बनाए । यसरी सडक महोत्सवको नाममा लुट मच्चाइरहँदा पर्यटकलाई सकरात्मक सन्देश बोकेर जालान त ? यो सोच्नुपर्ने विषय हो । कुनै पनि सुविधाबिना कोठाको मूल्य बढाउँनु लापरवाही हो ।

अंग्रेजी नयाँ वर्ष र सडक महोत्सव मनाउन पोखरा आएका पर्यटकलाई व्यवसायीले लुट मच्चाइरहँदा यसमा स्थानीय प्रशासनले चासो देखाउनुपर्ने हो । खानेकुरासँगै होटेलको अधिक मूल्य लिँदा प्रशासनले खोजीनिति गरी कारवाहीको दायरामा ल्याउनुपर्ने देखिन्छ ।

यसरी मनपरी रुपमा लिने मूल्यलाई कि त आयोजक रेबानले खोजी गरेर काराबाही गर्नु प¥यो होइन भने प्रशासन पनि कडाईमा उत्रनु पर्दछ । होइन भने हरेक वर्षजस्तो हुने यस्ता मेला महोत्सवमा पर्यटक लुटिइरहनेछन् ।

‘सडकमै खाऔं, सडकमै रमाऔं’ भन्ने नाराका साथ आयोजना गरिएको यो महोत्सवले यहाँको पर्यटकीय गतिविधि चलायमान बनाउन, धेरैभन्दा धेरै स्वदेशी र विदेशी पाहुना पोखरा भित्राउने अपेक्षा लिइएको त छ । तर, यस्तो मनपरी मूल्यले आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्नुको साटो आगमनमा असर पु¥याएको छ । धेरै पाहुना आएभन्दैमा तल्लो स्तरसम्म ठग्दा अर्को पटक पनि पर्यटक आउँला त ?

ढाँटछलको व्यवसायले लामो समयसम्म निरन्तरता पाउँदैन पनि र अर्को कुरा लाखौं दर्शकले मन पराएको महोत्सवको छाप धमिलो बन्दै स्तर खस्कने अवस्थामा पु¥याउनेछ । महंगो लिँदैमा उत्पातै व्यापार हुन्छ भन्ने मानसिकताबाट व्यवसायीहरु टाढा हुन जरुरी छ ।

मेला महोत्सवको माग बढ्दा महंगो हुनु स्वभाविक होला तर मनपरी मूल्य तोकेर मौकामा चौका हान्नेलाई कारवाही गर्नैपर्छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.