www.tandavnews.com
Fact ~ In search of truth

म्याग्दीको गुर्जामा १ फिट सम्मको हिमपात

संजय रेग्मी
पर्वत, ताण्डव न्यूज । 

देशका बिभिन्न स्थानमा जस्तै म्याग्दीको धौलागिरि गाउँपालिका १ गुर्जामा पनि हिमपात भएको छ । अत्यधिक चिसो बढेसंगै गएरातीदेखि हिमपात शुरु भएको हो।

अहिलेसम्म करिब १ फिट भन्दा बढी हिउँ परेको खबर प्राप्त भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रमुख प्रहरी नायव उपरीक्षक बीरबहादुर बूढाले जानकारी दिनुभयो । हिमपातको कारण विद्यालयमा पठनपाठन गराउन विद्यार्थी र शिक्षकलाई समस्या भएको छ भने गाउँका बृद्धबृद्धा नागरिकहरु समेत घरबाट बाहिर निस्कन मुस्कील परेको छ ।

Batas

यो बर्षको पहिलो हिमपातले कृषकहरु भने उत्साहित बनेका छन । हिमपात भएपछि जमेको हिँउ पग्लीएर खेतबारीमा हालेको मल भिज्ने र बोट बिरुवा फस्टाउने, उत्पादन बढ्ने भएपछि कृषकहरुको लागि हिमपात लाभदायी हुने गरेको गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालले बताउनुभयो । गुर्जा संगै म्याग्दीको माथिल्लो भेगमा हिमपात भएको छ ।

अत्यधिक बढेको चिसोले पानी जमेपछि घोडेपानीका होटल व्यवसायिहरु समस्यामा परेका छन । चिसोले मुहानको पानी नै जमेर बरफ बनेपछि पिउने र सरसफाईका लागि पानीको समस्या भएको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.