www.tandavnews.com
Fact ~ In search of truth

लागुऔषध र नगदसहित तीन पक्राउ

 

 

काठमाडौँ ।

महानगरीय प्रहरी वृत्त महाराजगञ्जले लागुऔषध र विभिन्न देशका नगदसहित तीन जनालाई पक्राउ गरेको छ ।

वृत्तको टोलीले लागुऔषध र विभिन्न देशका नगद लिएर हिँडिरहेको अवस्थामा काठमाडौँ महानगरपालिका–४ सुकेधाराबाट धापासीका ३० वर्षीय तीर्थराज उपाध्याय, बौद्धका ३५ वर्षीय धर्मराज लामा र पानीपोखरी बस्ने २३ वर्षीय पराग कार्कीलाई आज बिहान पक्राउ गरेको हो ।

प्रहरी प्रधान कार्यालयले दिएको जानकारी अनुसार बा ७७ प ९९०६ र बा ९२ प १८२० नं का स्कुटर चेकजाँचका क्रममा १० किलोग्राम ब्राउनसुगर, १० ग्राम चरेश, दुई थान चक्कु र लागुऔषध सेवन गर्न प्रयोग हुने विभिन्न सामग्रीसमेत फेला पारिएको छ ।

पक्राउ परेकासँग प्रहरीले चार लाख ७३ हजार १ सय नेपाली रुपैँया, एक हजार ४०० भारतीय रुपैया, २० अमेरिकन डलर, नेपाल बैँक लिमिटेडको नाममा रहेको एक लाख रुपैयाँ बराबरको चेक र डिजिटल क्यामरा एक थानसमेत बरामद गरेको छ ।

यसैगरी, महानगरीय प्रहरी प्रभाग साँखुले लागुऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । प्रभागबाट खटिएको टोलीले दुई किलो गाँजा लिएर हिँडिरहेको अवस्थामा शङ्करापुर नगरपालिका–४ का ४५ वर्षीय तुनुक दोर्जे लामालाई आइतबार राति पक्राउ गरेको हो । पक्राउ परेकाको आवश्यक अनुसन्धान भइरहेको प्रभागले जनाएको छ ।   रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...
friends bakery