www.tandavnews.com
Fact ~ In search of truth

९ फोटोमा हेरौँ ! प्रदेश सभामा दिपक मनाङे

पोखरा
ताण्डव न्यूज ।

प्रदेश सभा निर्वाचनमा मनाङ ‘ख’ बाट सदस्य निर्वाचित भएका राजिब गुरुङ उर्फ दिपक मनाङे सोमबार गण्डकी प्रदेश सभामा पुगे । आइतबार मात्रै कानुनी प्रक्रिया जटिल रहेको भन्दै सभामुख नेत्रनाथ अधिकारीले मनाङेलाई सपथ ग्रहण गराउन तत्काल नसक्ने बताएका थिए ।

Batas

निर्वाचित भए लगत्तै ज्यान मुद्धामा जेल चलान भएका मनाङेले केही दिन अघि मात्रै प्रदेश सभा सचिवालयमा पुगेर सपथ खान पाउँ भनी निबेदन दिएका थिए । त्यस यता मनाङेको चर्चा चलिरहेको छ ।

सभामुखले सपथ गराउन नमिल्ने बताएपछि मनाङेले सभामुखलाई नै किन नमिलेको भनेर सोधेको बताए । सभामुखले कानुनी कुराहरु अध्ययन हुँदै गरेकोलले तत्काललाई सपथ ग्रहण नभएको बताएको मनाङेले जानकारी दिए ।

प्रदेश सभा परिसरमा मनाङेले मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ लगायत प्रदेशका मन्त्री र सांसदहरुलाई भेटघाट गरे ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.