www.tandavnews.com
Fact ~ In search of truth

मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु

चितवन ।

भरतपुर महानगरपालिका–१० रिजालचोकमा गए राति मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार गौतमचोकबाट पूर्वपश्चिम राजमार्गतर्फ आउँदै गरेको ना४८प ३७५७ नंको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा पैदलयात्री र मोटरसाइकल चालक दुवैको मृत्यु भएको हो । मृत्यु हुनेमा पैदलयात्री भरतपुर महानगरपालिका– १० का ४२ वर्षीय रमेशविक्रम थापा तथा मोटरसाइकल चालक पर्वत घर भई हाल भरतपुर महानगरपालिका–७ बस्ने २८ वर्षीय युवराज थापा रहेका छन् ।

युवराजको भरतपुर अस्पतालमा तथा रमेशविक्रमको चितवन मेडिकल कलेजमा उपचार गर्दै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ । रासस

सांकेतिक तस्बिर : गुगलबाट

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.