www.tandavnews.com
Fact ~ In search of truth

२ घण्टापछि सुचारु त्रिभुवन विमानस्थल

 

 

काठमाडौँ ।

सञ्चार उपकरणमा समस्या आएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान करीब दुई घण्टा प्रभावित भएको छ ।

Lama collectio News Middle

विमानस्थलको सञ्चार प्रणाली भिडियो हाई फ्रिक्वेन्सी (भिएचएफ) मा समस्या आएपछि उडानमा समस्या अएको विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले बताए ।

उनका अनुसार बिहान करीब ९ बजे विमानस्थलको सञ्चार उपकरणमा लाइन सर्ट भएपछि भिएचएफमा समस्या आएको थियो । लगत्तै विमानस्थलका प्राविधिकले मर्मत गरेका थिए । प्राविधिक मर्मतपछि बिहान ११ बजेदेखि नियमित उडान भइरहेको महाप्रबन्धक क्षेत्रीको भनाइ छ ।

“सञ्चार प्रणालीमा लाइन सर्ट भएपछि समस्या आएको हो । टावर ठीकै थियो । हाम्रा इञ्जिनीयरले मर्मत गरेपछि सेवा सञ्चालन भएको छ । एक घण्टा ४० मिनेट जति मात्र उडान रोकियो । अवतरणमा आन्तरिक र अन्तर्राष्ट्रिय दुवैमा समस्या थिएन”, उनले भने ।  रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...