www.tandavnews.com
Fact ~ In search of truth

पोखरा फुलबारीमा कच्ची घरमा आगलागी,५ लाखको क्षति

 

 

पोखरा ,
ताण्डव न्यूज ।

पोखरा महानगरपालिका –११ फुलबारी स्थित भानुमार्ग टोलमा एक कच्ची घरमा आगलागी भएको छ ।
भानुमार्गका स्थानिय ४७ वर्षीय राजेन्द्र बहादुर भट्टराईको घरमा अचानक बिजुलिको मिटर बक्समा तार सर्ट भई आगलागी भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । आगलागीबाट ५ लाख बराबरको क्षति भएको छ ।

Batas

आगलागीबाट २ थान टि.भि,एउटा ल्यापटप आइफोन एउटा,२ वटा दराज ,२ वटा पलङ, र नगद ७० हजार रुपैयाँ र अन्य लत्ता कपडा जलेर नष्ट भएको छ । मङगलबार बिहान अन्दाजी १० बजेर ३५ मिनेट जादाँको समयमा लागेको आगो प्रहरी,स्थानीय र दमकलको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।

यसैबीच उता लमजुङमा पनि आगलागी हुदाँ २ लाख पचास हजार बराबरको क्षति भएको छ । लमजुङ मस्र्याङदी गाउँपालिका –९ सिम्पानीकी सथानिय तानमाया कार्कीको घरमा आगलागी भएको प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ ।

एक तले ढुङगा माटोले बनाएको जस्ताको छाना भएको कच्ची घरमा बाख्रालाई खोले पकाउने क्रममा आगलागी भएको प्रहरीले जनाएको छ ।आगलागीबाट नगद १५ हजार रुपैयाँ ,१ तोला सुनको सिक्रि,भाडाकुडा,लत्ता कपडा र घर पुर्ण रुपमा जलेर नष्ट भएको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.