www.tandavnews.com
Fact ~ In search of truth

वन तथा जलाधार व्यवस्थापन नीति पारित

 

 

पोखरा ।

गण्डकी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले वन तथा जलाधार नीति २०७५ पारित गरेको छ ।

Batas

बैठकका निर्णयबारे जानकारी दिँदै सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार तथा विकासमन्त्री रामशरण बस्नेतले वन संरक्षणका साथै वातावरणीय स्वच्छता कायम गर्न, पहिरो नियन्त्रणलगायतका विषयलाई लक्षित गरी नीति तयार भएको जानकारी दिए ।

प्रवक्ता बस्नेतका अनुसार सामुदायिक अस्पतालबाट निस्केको फोहर व्यवस्थापनका लागि गठित समितिबाट प्राप्त प्रतिवेदन बैठकले अनुमोदन गरेको छ । प्रतिवेदनमा सामुदायिक मात्र नभई सरकारी अस्पतालको फोहर व्यवस्थापनको विषय पनि समेटिएको उनले जानकारी दिए ।

बैठकले प्रदेशभित्र भौतिक पूर्वाधारसहित यसै आर्थिक वर्षमा १७ वटा ज्येष्ठ नागरिक सेवा केन्द्र निर्माण गर्ने निर्णय गरेको छ । सरकारले आगामी माघ १ गते सङ्क्रान्तिका दिन सार्वजनिक बिदा दिने निर्णय पनि गरेको छ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.