www.tandavnews.com
Fact ~ In search of truth

गण्डकी प्रदेशले दियो माघे सक्रान्तीमा सार्वजनिक विदा

पोखरा,

ताण्डव न्यूज ।

गण्डकी प्रदेश सरकारले माघे सक्रान्तीमा सार्वजनिक विदा दिने निर्णय गरेको छ । बुधबार बसेको मन्त्री परिषदको बैठकले पुस २७ गतेको पृथ्वी जयन्तीलाई विर्सेर माघे सक्रान्तीमा विदा दिने निर्णय गरेको हो ।

‘पुस २७ नेपाल एकिकरण गर्ने राजा पृथ्वीनारायण शाहको जन्मजयन्ती हो । यस विषयमा प्रदेश सरकारले केहि निर्णय गरेर संघीय सरकारले जे गर्छ सोही अनुसार हुन्छ,’ गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री तथा सरकारका प्रवत्ता रामशरण बस्नेतले भने,‘यस प्रदेशका विभिन्न जातजातीले मान्दै आएको धर्म र सामाजिक सहिष्णुता कायम गर्नका लागि माघेसक्रान्तीमा चाहीँ विदा दिने निर्णय भएको छ ।’

मन्त्री बस्नेतले नेपाल एकिकरणको उद्गम थलो गोरखा गण्डकी प्रदेशमै पर्ने भएपनि यसबारे संघ सरकारले नै निर्णय गरे प्रदेशले कार्यान्वयन गर्ने बताए ।यस अघि तमु ल्होसारको अबसरमा पुस १५ मा प्रदेश सरकारले विदा दिएपनि संघ सरकार अन्तरगत रहेका सरकारी कार्यालयहरुले कार्यालय बन्द गरेनन् । यस पटकको विदामा संघ अन्तरगतका कार्यालयहरुले पनि निर्णय कार्यान्वयन गर्ने विश्वास रहेको मन्त्री बस्नेतले जानकारी दिए ।

प्रदेशको ३६ औँ मन्त्री परिषद बैठकले प्रदेशका सबै जिल्लामा जेष्ठ नागरिक दिवा सेवा केन्द्र स्थापना र सञ्चालन गर्नका लागि कार्यविधि स्वीकृत गरेको छ । विभिन्न १७ स्थानमा निर्माण हुने जेष्ठ नागरिक दिवा सेवा केन्द्रको भौतिक संरचना तयार गर्नका लागि ८५ लाख रुपैयाँ विनियोजन गर्ने निर्णय पनि बुधबारको बैठकले गरेको छ । त्यस्तै जलाधार ब्यवस्थापन प्रदेश नीति पारित गरेको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.