www.tandavnews.com
Fact ~ In search of truth

अब पोखराबाटै श्रम स्वीकृति

 

पोखरा ,
ताण्डव न्यूज ।

काठमाडौँबाट मात्रै हुँदै आएको श्रम स्वीकृति अब पोखराबाट पनि हुने भएको छ ।

Batas

बिहिबार (भोली) देखि नै श्रम स्वीकृति दिने गरी केन्द्र सरकारको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पोखराबाट पनि श्रम स्वीकृति दिने भएको हो । नेपाल सरकार बैदेशिक रोजगार विभागले केहि दिन अघि नै प्राविधिकहरुलाई त्यसको तयारीको लागि पोखरा पठाएको थियो । उनीहरुले बुधबार सम्पूर्ण प्राविधिक कामहरु सकेको र बिहिबारबाट सेवा प्रदान गर्ने श्रम प्रवत्ता डा.नारायण रेग्मीले जानकारी दिए ।

‘काठमाडौँबाट मात्रै हुँदै आएको श्रम स्वीकृतिलाई देश संघीयतामा गएसँगै सबै सरकारबाट गर्न मिल्ने गरी काम अघि बढाइएको छ,’ रेग्मीले भने, ‘पोखरामा भएको कार्यालयले अहिले पुन श्रम स्वीकृत मात्रै गर्छ । केहि तयारी पछि पूर्व स्वीकृतिको काम पनि सोही कार्यालयले गर्नेछ ।’

बैदेशिक रोजगारमा जानको लागि म्यानपावर कम्पनीहरुले सार्वजनिक सूचना निकालेर गरेको या त्यसै विदेश पठाउन लागेको छ त्यसबारे अनुगमन पनि प्रदेश कार्यालयले गर्नेछ । त्यस्तै पोखरामा स्थापना भएको कार्यालयले तोकिएको संख्यामा बैदेशिक रोजगारमा जानेहरुको लागि स्टिकर दिने काम समेत गर्नेछ । प्रदेश ५ को बुटवल र प्रदेश २ को जनकपुरबाट सेवा प्रदान गरिसकेको मन्त्रालयले बिहिबार देखि पोखरामा सुरु गर्न लागेको हो ।

पोखरासँगै धनगढी, सुर्खेत, बुटवल, विराटनगर र जनकपुरमा प्रदेश कार्यालय स्थापना गरी सेवा दिन लागिएको हो । बिराटनगर सुर्खेत र धनगढीमा पनि कार्यालय स्थापनाको लागि प्राविधिकहरुले काम गरिरहेको रेग्मीले जानकारी दिए ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.