www.tandavnews.com
Fact ~ In search of truth

पोखराका ट्याक्सी चालकलाई आतिथ्यता सुरक्षा तालिम

पोखरा ।

पोखराका पर्यटकीय स्थलहरुमा संचालन हुने ट्याक्सीका चालकहरुलाई अनुशिक्षण दिइएको छ ।

नेपाल पर्यटन वोर्ड पोखरा र वडा प्रहरी कार्यालय वैदाम, कास्कीको संयोजन र जिल्ला ट्राफिक प्रहरी कार्यालय, कास्कीको सहकार्यमा “पर्यटन आतिथ्यता तथा पर्यटक सुरक्षा सम्बन्धी” अनुशिक्षण रअभिमुखिकरण तालीम दिइएको छ।

गण्डकी प्रदेशका माननीय उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले तालीमको उद्घाटन गरेका थिए । प्रमुख अतिथि लम्सालले पर्यटन विकासमा सवैको उत्तिकै भुमिका रहने बताउँदैँ ट्याक्सी चालकहरुले समेत सरकारको पर्यटन सम्बन्धी लक्ष्य हासिल गर्नमा सहयोग पुर्‍याउन आग्रह गरे ।

साथै मन्त्री लम्सालले नेपाल सरकारको पर्यटन वर्ष २०१९ र गण्डकी प्रदेश सरकारको पर्यटन वर्ष २०२२ लाई पुर्णतया सफल बनाउन विविध कार्यक्रमहरु लन्च गर्ने योजना रहेको समेत बताए।
उद्घाटन सत्र पश्चात नेपाल पर्यटन वोर्ड, पोखराका सुर्य थपलियाले “पर्यटन आतिथ्यता” सम्वन्धी प्रस्तुतीकरण गरेका थिए भने वडा प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी नायव उपरीक्षक नवीन कार्कीले “पर्यटन र सुरक्षा” सम्बन्धी विषयमा प्रस्तुतीकरण दिएका थिए ।

त्यसैगरी “सुरक्षित यात्रा” सम्बन्धी जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायव निरिक्षक शिव पाठकले प्रस्तुतीकरण प्रस्तुत गरेका थिए।उक्त कार्यक्रममा पर्यटन वोर्ड पोखराका निर्देशक मणिराज लामिछाने, पर्यटन परिषद् पोखराका अध्यक्ष चिरञ्जिवि पोख्रेल, ४ नं. प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक विरेन्द्र वस्याल, जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी निरिक्षक मुरारी मिश्र, ट्याक्सी व्यवसायी समिति पोखराका अध्यक्ष प्रकाश तिवारी लगायत अन्य पदाधिकारीहरुको उपस्थिति थियो भने प्रशिक्षणको निमित्त १ सय ६२ जना ट्याक्सी चालकहरुको उपस्थिति रहेको थियो ।

प्रहरी नायव उपरीक्षक नवीन कार्कीका अनुसार उक्त कार्यक्रम सामुदाय प्रहरी साझेदारी कार्यक्रमको एउटा हिस्सा भएको र पर्यटन क्षेत्रलाई कसरी सुरक्षित बनाउने र ट्याक्सी चालकको कस्तो भुमिका रहन्छ कसरी आतिथ्यता गर्ने रु भन्ने उद्देश्यका साथ चालकलाई तालिम दिइएको बताए ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.