www.tandavnews.com
Fact ~ In search of truth

दादुरा खोप लगाउँदा १५ महिने बालकको मृत्यु

 

 

टीकापुर ।

बुधबार बिहान दादुरा खोप लगाइएका कैलालीको जानकी गाउँपालिका–४ कञ्चनपुरका १५ महिने बालकको मृत्यु भएको छ ।

Batas

बुधबार बिहान १० बजे खोप लगाइएका १५ महिने बालक चरण चौधरी १५ मिनेटपछि बेहोस भएका र टीकापुर अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको हो । “बच्चालाई कुनै समस्या थिएन । बिहान १० बजे शिविरमा राम्रै अवस्थामा खोप लगायौँ । खोप लगाएको १५ मिनेटमै बच्चा बेहोस भयो ।

टीकापुर अस्पताल ल्याउँदा ल्याउँदै बच्चाको मृत्यु भइहाल्यो”, मृतक बालकका बुबा वासुदेव चौधरीले भने, “स्वस्थ बच्चा खोप लगाएको केही क्षणमै मृत्यु हुनु स्वास्थ्यकर्मीको लापरवाही भएकाले यसको अनुसन्धान गरी संलग्न स्वास्थ्यकर्मीलाई कारवाही गर्नुपर्दछ ।”

जानकी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख पदमसिंह परियारले एकै भाइल सातदेखि १० बालकलाई लगाइने र अरू बच्चामा केही समस्या नभएको बताए । उनले ती बालकलाई यो दोस्रो डोज लगाइएको र कसरी हुन गयो भन्ने कुरा खोप महाशाखा र विश्व स्वास्थ्य सङ्गठनका चिकित्सकलाई खबर गरिसकेको बताए ।

टीकापुर अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट चिकित्सक नरेन्द्र खनालले खोप लगाउँदा मृत्यु भएको हो भन्ने यकिन भन्न नसकिने बताए । “खोपले गर्दा बच्चाको मृत्यु भए÷नभएको टीकापुर अस्पतालमा परीक्षण गर्न सकिँदैन, खोपप्रति आशङ्का भए प्रविधियुक्त अस्तपालमा परीक्षण गर्नुपर्दछ ।

चिकित्सक खनालले भने, “अरू बच्चालाई पनि खोप दिनुपर्ने भएकाले सरकारले आफैँ परीक्षण तथा सजकता अपनाउनुपर्ने बताए । बालकको शवपरीक्षणका लागि टीकापुर अस्पतालमा राखिएको छ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.