www.tandavnews.com
Fact ~ In search of truth

कैलाशको शाखा बुटवलमा

 

 

 

 

 

 

पोखरा ।

कैलाश विकास बैंकले बुटवलमा शाखा विस्तार गष्रेको छ । बैंकले रुपन्देही जिल्लाको होराईजनचोकमा शाखा विस्तार गरेको हो ।बैंकका सञ्चालक एवं नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य सुनिल नारायण श्रेष्ठले उक्त शाखाको उद्घाटन गरेका थिए ।

Batas

बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तारा मानन्धरको अध्यक्षतामा भएको उक्त कार्यक्रममा बैंकका पश्चिम क्षेत्रका क्षेत्रिय प्रमुख कृष्ण प्रसाद अर्याल, न्यु होराइजन स्कुलका प्राचार्य लोकनाथ उपाध्याय, उद्योग बाणिज्य संघ बुटवलका बरिष्ठ उपाध्यक्ष उज्वल कसजु, बुटवल उपमहानगरपालिका वडा नं। ११ का वडा अध्यक्ष रामचन्द्र क्षेत्री लगाएतले बोलेका थिए ।

यस नयाँ शाखा सहित बैंकको शाखा संख्या ८२ पुगेका छन् भने एटिएम संख्या ३१ पुगेका छन् । निकट भविष्यमा काठमाण्डौका बिभिन्न ७ स्थान तथा देशका अन्य ठांउहरुमा शाखा संचालन गर्ने तयारी गरिरहेको यस बैकले हाल सम्म २६ अर्व निक्षेप संकलन गरी २३ अर्ब ५० करोड कर्जा प्रवाह गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत अर्मत चरण श्रेष्ठले बताए ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.