www.tandavnews.com
Fact ~ In search of truth

स्टार फुटबर रोनाल्डोविरुद्ध पक्राउ पुर्जी जारी, डीएनए टेस्ट गरिने

ताण्डव न्यूज ।
पुर्चुगिज स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोविरूद्ध पक्राउ पुर्जी जारी गरिएको छ। बलात्कारको आरोप लागेका रोनाल्डोको डीएनए टेस्टका लागि पक्राउ पुर्जी जारी गरिएको हो। पक्राउ पुर्जी अमेरिकाको लस भेगास प्रहरीले जारी गरेको हो।

अमेरिकाको लस भेगासमा बलात्कारको मुद्दा चलिरहेका रोनाल्डो यतिबेला इटालियन सिरी ए खेलिरहेका छन्। स्पेनको रियल म्याड्रिडबाट ला लिगा खेल्दै आएका रोनाल्डो यो सिजनदेखि इटालियन क्लब युभेन्टसमा गएका छन्। रोनाल्डोमाथि एक अमेरिकी पूर्वमोडल क्याथरिन मायोर्गाले बलात्कारको आरोप लगाएकी हुन्। उनले घटना सन् २००९ मा लस भेगासको एक होटलमा घटेको बताएकी छन्। रोनाल्डोले भने सबै आरोप गलत भएको भन्दै आफ्नो बचाउ गर्दै आएका छन्।  (एजेन्सी)

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.