www.tandavnews.com
Fact ~ In search of truth

गण्डकी विकास बैंकले गर्यो नगद लाभांश पारित

पोखरा ।
गण्डकी विकास वैकको एघारौ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

सभाले संचालक समितिको आर्थिक वंर्ष२०७४÷७५ को बार्षिक प्रतिवेदन पास गर्नुको साथै आर्थिक वर्ष २०७४÷७५ सम्मको संचित मुनाफावाट चुक्तापूंजीको १४.२० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

साधारण सभामा शेयरधनीहरुको तर्फवाट राखिएका जिज्ञासाको जवाफ वैकका अध्यक्ष सुशिल गौचन तथा प्रमुख कार्यकारी अधिकृत रेशम वहादुर थापाले दिएका थिए ।

बैंकले आर्थिक वर्ष २०७५÷७६ को पहिलो त्रैयमास सम्ममा निक्षेप २३ अर्ब ७३ करोड रुपैयाँ पुर्याएको छ भने कर्जातर्फ २१ अर्ब २४ करोड पुर्याएको छ ।

वैकले केन्द्रीय कार्यालय सहित देशका विभिन्न ठाउँहरुमा गरी ७७ वटा शाखा कार्यालय मार्फत आकर्षक व्याजदरमा विभिन्न निक्षेप योजना, सहज र सरल रुपमा कर्जा प्रवाह गर्नुका साथै ABBS ATM, SMS, C-ASBA,IPS,Mobile बैकिङ्ग सेवा, लकर सेवा, सुनधितोमा कर्जा सुविधा, रेमिट्यान्स सेवा, केन्द्रीय कार्यालय लगायत केही शाखाहरुबाट ३६५ दिने बैकिङ्ग सेवा तथा सन्ध्याकालिन सेवा समेत प्रदान गर्दै आइरहेको छ भने न्यून आय भएका व्यक्तिलाई विपन्नवर्ग कर्जा तथा समुहमा आवद्ध व्यक्तिहरुका लागि लघु वित्त कर्जा पनि प्रदान गर्दै आएको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.