www.tandavnews.com
Fact ~ In search of truth

‘विकासका लागि सरकारले कुनै कसर बाँकी नराख्ने’

पोखरा ।

युवा तथा खेलकूदमन्त्री जगत विश्वकर्माले देश विकासका लागि सरकारले कुनै कसर बाँकी नराख्ने बताएका छन्।

पोखरा महानगरपालिका–१६ बाटुलेचौरस्थित विन्ध्यवासिनी माविको ७२औँ वार्षिकोत्सव तथा अभिभावक दिवसमा उनले सरकारको पहिलो प्राथामिकता नै समृद्धि रहेको उल्लेख गरे।

Batas

सरकारी विद्यालयको गुणस्तर खस्कनु चुनौतीपूर्ण रहेको बताउँदै उनले यस्तो अवस्थामा पनि विन्ध्यवासिनी माविले शैक्षिक गुणस्तर कायम गर्न सकेकोमा प्रशंसा गरे ।

कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य कुमार खड्का, प्रभा कोइराला, पुष्पा केसी भण्डारी, पूर्वसांसद सोमनाथ अधिकारी प्यासी, शिक्षक नवीनचन्द्र अधिकारी, उत्कृष्ट विद्यार्थी सरस्वती विक, शिक्षक खेमराज पौडेल, ईश्वर खड्का, विद्यार्थी माधव अधिकारी, भेषराज पौडेल, कर्मचारी सुकमाया सापकोटा, शिक्षक पार्वती बानियाँलगायतलाई सम्मान गरिएको थियो । (रासस)

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.