www.tandavnews.com
Fact ~ In search of truth

प्रेस युनियन पर्वतको अध्यक्षमा कसले मार्ला बाजी ?

 

 

पर्वत ,
ताण्डव न्यूज ।

प्रेस युनियनको नेतृत्वको लागि शनिबार अहिले केहीबरेमा मतदान हुने भएको छ ।

अध्यक्ष बाहेकका हरु पदहरुमा सहमतिको आधारमा पदाधिकारीको निधो भएको भएपनि अध्यक्षको लागि सहमति नजुटेपछि अध्यक्ष पदको लागि निर्वाचन हुने भएको हो । अध्यक्ष पदमा वर्तमान उपाध्यक्ष माया अधिकारी र सचिव उत्तम अधिकारीको उम्मेद्वारी परेको छ ।

उनीहरु दुवै जनाले अध्यक्षको दावी गर्दै उम्मेद्वारी फिर्ता नगरेपछि निर्वाचन हुन लागेको हो । उम्मेद्वारी मनोनयनको समयमा रोशन तिवारीले पनि उम्मेद्वारी ३ जनाको उम्मेद्वारी रहेको थियो । यद्यपी तिवारीले भने उम्मेद्वारी फिर्ता गरेपछि २ जनाको बीचमा प्रतिस्पर्धा भएको हो ।

अन्य पदको लागि लगभग सहमति भएको छ । अहिलेसम्मको अवस्थामा उपाध्यक्षमा रोशन तिवारी र ठाकुर रसाईली, कोषाध्यक्षमा रामकृष्ण लामिछानेको उम्मेद्वारी परेको छ । यस्तै, सचिव पदमा साजन परियार सर्वसम्मत बनेका छन् ।

सचिव पदको लागि शुरुमा परियारसंगै ठाकुर रसाईली र मुना शर्मा लामिछानेको पनि उम्मेद्वारी परेको थियो । तर रसाईली र लामिछाने दुवै जनाले साजनलाई नै समर्थन गर्दै उम्मेद्वारी फिर्ता लिएपछि परियार सचिव बनेको निर्वाचन समितिका संयोजक प्रकाश बरालले जानकारी दिए।

सह सचिव पदको लागि भने संगिता क्षेत्री सर्वसम्मत बनेकी छिन ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.