www.tandavnews.com
Fact ~ In search of truth

तनहुँको मानुङकोटमा बन्ने भो दृश्यावलोकन स्तम्भ

 

 

 

तनहुँ ।

व्यासनगरपालिका कार्यालयले मानुङकोटको विकासको लागि गुरुयोजना थालेको छ ।

Batas

बसाइँसराइले रित्तो बन्दै गएको वडा नं ५ मा रहेको मानुङकोटको आकर्षण बढाउन नगरपालिकाले ३० लाख खर्चेर भ्यूटावर बनाउने भएको छ । उक्त क्षेत्रमा भ्यूटावर निर्माण गर्दा पर्यटकको आकर्षणको केन्द्रविन्दु बन्न सक्ने वडाध्यक्ष मोहनकुमार श्रेष्ठले बताए।

उनले भन, “मानुङकोटमा राखिएको भ्यूटावरबाट दमौली बजारको दृश्य, मादी र सेती नदीमा बनाइने ड्याम, विभिन्न हिमशृङ्खला, तनहुँ, कास्की, नवलपरासी, गोरखालगायतका जिल्लाको मनोरम दृश्यको साथै फाँटहरु सजिलै देख्न सकिनेछ ।”

दमौलीको चापाघाटदेखि करीब आठ किलोमिटर दूरीमा रहेको ६ किलोमिटरमा यसै वर्ष कालोपत्र गर्नका लागि ठेक्का प्रक्रिया अघि बढाइसकिएको छ । उक्त मार्ग कालोपत्र गर्नका लागि १० करोड विनियोजन गरिसकेको नगरप्रमुख बैकुण्ठ न्यौपानेले बताए ।

किसान आन्दोलनका नेता एकदेव आले जन्मेको सो ठाउँदेखि छ शहीद भएको गाउँ पुलिमर्याङसम्मको करीब ४२ किमी दूरीमा अल्ट्रा म्याराथन दौड प्रतियोगिता राखिएको छ । नगरपालिकाले शहीद दिवसको दिन आगामी माघ १६ गते उक्त प्रतियोगिताको आयोजना गर्न लागेको हो । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीयलाई क्रमशः ८० हजार, ६० हजार, ५० हजार र सान्तवना हुने पाँच जनालाई १५ हजारका दरले पुरस्कार प्रदान गरिने छ ।

नगरपालिकाले उक्त क्षेत्रमा केबुलकार सञ्चालनका लागि सम्भावना अध्ययन थालेको छ । खानेपानीको समस्या रहेको उक्त क्षेत्रमा सो वडाको धारापानीमा ट्याङ्की निर्माण गरेर पानी सङ्कलन गरी लिफटिङ प्रणालीबाट पानीको व्यवस्था गर्न लागिएको र प्रदेश सरकारसँग खानेपानीको माग गरिएको छ । त्यसैगरी धार्मिक एवं ऐतिहासिकस्थलको रुपमा रहेको पुलिमर्याङमा शहीद पार्क निर्माण गर्न यस वर्ष २२ लाख विनियोजन गरिएको उनले जानकारी दिए । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.