www.tandavnews.com
Fact ~ In search of truth

माघ १ देखि दोस्रो सभामुख भलिबल प्रतियोगिता

 

पोखरा,
ताण्डव न्यूज ।

दोस्रो सभामुख कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता– २०७५ आयोजना हुने भएको छ ।

भलिबल प्रतियोगिता माघ १ देखि ५ गतेसम्म हुने आइतबार पत्रकार सम्मेलन गरी जानकारी दिइयो ।प्रतियोगितामा ७ प्रदेश, तीन विभागिय टोली सहितको १० टिमको सहभागिता रहने समितिका अध्यक्ष सम्पन्न श्रेष्ठले बताए ।‘२६ जनाबाट १४ जनालाई छनोट गरिएको छ,’ उनले भने, ‘लाग्छ परिमाण राम्रै आउने अपेक्षा लिएका छौ ।

नेपालकै पहिलो इतिहासमा प्रथम पुरस्कार ३ लाख ५० हजार रुपैया, दोस्रो १ लाख ७० हजार, तीतृय १ लाख र सान्त्वनामा ५० हजार रुपैँया साथमा ट्रफी मेडल र प्रमाण पत्रको व्यवस्था गरिएको लक्ष्मणप्रसाद योगिले जानकारी दिए ।

साथै प्रतियोगितामा उत्कृष्ट विधाहरुमा बेष्ट स्पाईकर, ब्लकर, सर्भर, सेटर, लिब्रो साथै बेष्ट प्रशिक्षकलाई जनही ५ हजार रुपैँया प्रदान गरिनेछ । उत्कृष्ट खेलडीहरुलाई १० हजार रुपैया सहित ट्रफी र प्रमाणपत्रको व्यवस्था गरिएको आयोजकले जनाए ।

प्रतियोगिताका बिजेता टिम तथा खेलाडीहरुलाई पुरस्कार, भ्रमण, खर्च, यातायात खर्चको व्यवस्था गरिएको हुनाले खर्च ३८ लाख रुपैँया आयोजको अनुमान रहेको छ ।प्रतियोगिता हेर्नका लागी टिकटको व्यवस्था गरिएको छ । क्वाटर फाईनल सम्मका खेल हेर्नका लागी १ सय रुपैँया र सेमी फाइनल खेल हेर्नका लागी २ सय रुपैँया टिकटदर तिर्नुपर्नेछ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.