www.tandavnews.com
Fact ~ In search of truth

रुखबाट खस्दाँ अन्नपुर्ण गाउँपालिकाका देवेन्द्रको मृत्यु

पोखरा ,
ताण्डव न्यूज ।

कास्कीको अन्नपुर्ण गाउँपालिकामा रुखबाट खस्दाँ एकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ ।

अन्नपुर्ण गाउँपालिका – ५ गिरीचोकमा बस्ने ४४ वर्षीय देवेन्द्र गिरीको रुखबाट लड्दाँ मृत्यु भएको हो । लप्सी टिप्न रुखमा चढेका गिरी अचानक रुखबाट खस्दाँ घाईते भएका थिए । गिरीलाई उपचारको लागी पश्चिम क्षेत्रीय अस्पताल ल्याइएकोमा चिकित्सकले चेकजाँच गर्ने क्रममा मृत घोषणा गरेको हो ।

यस्तै बागलुङमा एक शव फेला परेको छ । तमानखोला गाउँपालिका –३ तमान बस्ने ३१ वर्षीय सरोज बुढाथोकी आफ्नै घरदेखि अन्दाजी १५ २० मिटर पर रहेको भिरबाटोको ओढारमुनि मृत अवस्थामा फेला परेको प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ ।

यसैबीच लमजुङमा भिरबाट तल खस्दाँ एकको मृत्यु भएको छ । मस्र्याङदी गाउँपालिका –७ उस्ताबेसीका राम बहादुर तामाङको भिरबाट खस्दाँ मृत्यु भएको हो ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.