www.tandavnews.com
Fact ~ In search of truth

सामाजिक एकताले नै आर्थिक समृद्धि : मुख्य मन्त्री गुरुङ

 

 

पोखरा  । 
माघे संक्रान्ति पर्वको अवसरमा गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङले मंगलबार एक शुभकामना सन्देश दिँदै सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनीहरुमा शुख, शान्ति, समृद्धि, सुवास्थ्य तथ उत्तरोत्तर प्रगतिको कामना गरेका छन् ।

यस पर्वलाई विशेष गरी मगर समुदायले माघे संक्रान्ति, थारु समुदायले माघी पर्व तथा अन्य समुदायले मकर संक्रान्तिका रुपमा मनाउँदै आएको मुख्य मन्त्रीको शुभकामना सन्देशमा उल्लेख गरिएको छ ।
नेपालमा विभिन्न जातजातिले मनाउने यस्ता मौलिक चाडपर्वहरुले सामाजिक सद्भाव एवम सांस्कृतिक सहअस्तित्व अभिवृद्धि गर्दै विभिन्न समुदाय र सम्प्रदायबीचको एकतालाई दरिलो बनाउँदै राष्ट्रिय एकतालाई सुदृढ बनाउन सहयोग पुर्याएको मुख्यमन्त्रीको शुभकामना सन्देशमा भनिएको छ ।

Batas

गण्डकी प्रदेशमा रहेका सबै जातजाति भाषा, संस्कृतिका समुदायहरुकाबीच आपसी सद्भाव प्रगाढ बनाई आर्थिक र सामाजिक रुपले समृद्ध प्रदेश निर्माण गर्न यस पर्वले प्रेरणा प्रदान गर्ने विश्वास मुख्यमन्त्रीको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.