www.tandavnews.com
Fact ~ In search of truth

अन्नपूर्ण क्षेत्रमा सडक बनाउन प्रदेश सरकारको दुई करोड

 

पोखरा ।

कास्कीको अन्नपूर्ण गाउँपालिकाले गाउँपालिका क्षेत्र भित्रका सडक स्तरोन्नति गर्न थालिएको छ ।

चालु आर्थिक वर्षमा गाउँपालिकाका सबै सडक स्तरोन्नतिका लागि बजेट समेत विनियोजन गरिएकाले अहिले सडक स्तरोन्नति गर्न थालिएको गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले बताए।नयाँ पुल–घान्द्रुक सडकका लागि गण्डकी प्रदेश सरकारले दुई करोड १० लाख रुपैयाँ बजेट उपलब्ध गराएको र अन्य अधिकांश सडकका लागि गाउँपालिकाले नै बजेट छुट्याएको हो ।

काँडे–सल्यान जोड्ने ११ किमि . सडकका लागि ७० लाख, बीरेठाँटी –उल्लेरी १६ किमि सडकका लागि ४५ लाख, लुम्ले घुम्ती–लान्द्रुक २२ किमि सडकका लागि ४० लाखका साथै ढिकुरपोखरी–देउरालीे नौ किमि सडक, नागडाँडा–तहरा जोड्ने १५ किमि. सडक र नागडाँडा–सेराचौर ११ किमि सडकका लागि २५÷२५ लाख रुपैयाँका दलरले रकम छुट्याइएको छ ।

भौगोलिक अवस्थिति समेतका आधारमा ती सडकका लागि बजेट विनियोजन गरिएको जानकारी दिँदै अध्यक्ष कुँवरले प्रदेश सरकारको सहयोगमा स्तरोन्नति हुने सडकका लागि गाउँपालिकाले ३० प्रतिशत व्यहोर्ने र गाउँपालिकाकाकै बजेटबाट स्तरोन्नति हुने सडककका लागि २० प्रतिशत स्थानीय सहभागिता रहने जानकारी दिए । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.