www.tandavnews.com
Fact ~ In search of truth

‘महोत्सवबाट होमस्टेको प्रवद्र्धन गर्दै छौँ’

पोखरा
ताण्डव न्यूज ।

युनाइटेड क्लबले स्थापना २०६७ साल बैशाख ७ गते विधिगत रुपमा भयो । यो क्लब सुरु भएसँगै भनौं वा महोत्सव स्थापना कालदेखि हालसम्म नौ वर्षमा क्लब पनि लागेको र अहिले पोखरा नवौ महोत्सव पनि भइराखेको छ ।

यसमा शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटन प्रबद्र्धनमा क्लबले लगानी गर्दै आइरहेको छ भने ‘युवाको जागर राष्ट्र निर्माणको आधार’ भन्ने मूल नाराका स्थापित यस क्लबले ४ वटा विधामा कार्य गर्दै आएको छ । मानवीय तथा सामाजिक सेवा प्रति अस्ति भर्खरै मात्र शिक्षाको क्षेत्रमा १२ वटा सामुदायिक स्कुलहरुमा अक्षयकोष स्थापना गरेको छ ।

Batas

स्वास्थ्यको क्षेत्रमा मुटुरोग क्यान्सर र आँखा रोगी बिरामीहरुलाई भरतपुरको क्यान्सर हस्पिटलदेखि लिएर घिरिन सुन्धारामा गएर बृहत स्वास्थ्य सिविरदेखि लिएर बागलुङको जैमिने बिनामारेसम्म बृहत स्वास्थ्य शिविर दिँदै आएको छ । हालसम्म ११ जना बिरामीहरुलाई प्रत्यक्ष रुपमा यसले स्वास्थ्यबाट वञ्चित भएका उत्पीडित पैसाको अभावमा स्वास्थ्यको लाभ लिन नसकेका बिरामीहरुलाई हामीले प्रत्यक्ष गएर लाइभ डोनेट गरेका छौँ ।

खेलकुदका क्षेत्रमा सर्वाधिक राशीको सेभेन साइड प्रतियोगिता पनि अमरसिंह चौरमा गरेका छाँै । भर्खरै मात्र मंसिर २५ देखि २९ गतेसम्म अमरसिंह चौरमा खुल्ला बास्केटबल प्रतियोगिता गरेका थियाँै । जसमा पुरुष तर्फ जेभेल इन्टरनेशनल कलेजले प्रथम स्थान हाँसिल गरेको थियो । पर्यटनको क्षेत्रको कुरा गर्दा १ सय ३४ हेक्टर जमिन जुन पचभौया चिसाकुना र चापापानी भन्ने सामुदायिक वनमा बन्दै गरेको चिडियाखाना पर्छ ।

यो महोत्सव भन्ने बित्तिकै चिडियाखाना जोडिएर आउँछ । हालसम्म यो क्लबले ४५ लाख ७५ हजार दिइसकेको छ । लेखनाथ नगरपालिकाबाट १० लाख र नेपाल सरकारबाट २० लाख र हाल प्रदेश सरकारले १ करोड ५० लाख रुपैया बिनियोजन गरिकिन यसको डिपिआर लगाएर ठूलाठूला इनक्लोजर बाघ राख्ने खोर देखि लिएर मृग, हरिण राख्ने बनाएका छाँै ।

अहिले हालसालै १२ प्रजातिहरु चराचुरुङ्गी र वन्य जन्तुदेखि लिएर पशुपंन्छी पनि छन् त्यसमा केज पनि छन् । अहिले १० वटा केज बनाउने र डिपिआर लगायतका कामहरु गर्नका लागि प्रदेश सरकारले १ करोड ५० लाख पनि विनियोजन गरेको छ ।

नवौं संस्करण पोखरा महोत्सवमा आइपुँग्दा प्रदेशको शान पोख्ररेलीको पहिचान र यो युनाइटेड क्लबको महाअभियान रहेको छ । महोत्सवमा मुख्य आकर्षणको विषय नै के छ भने अहिले महोत्सव हेर्र्न आउने दर्शकलाई यहाँबाट प्रत्यक्ष चिडियाखाना अवलोकन गर्नका लागि दैनिक ६० जना गोलाप्रथाद्वारा लैजाने छौं । हामीले चिडियाखाना अवलोकन गर्न जाँदा बसमा टिभि जडान गरि त्यसमा चिडियाखानाको बारेमा पनि ४५ मिनेट जतिको एउटा भिडियो देखाउँछौं ।

महोत्सवमा हाम्रो लगभग १ घण्टाको दण्डरहित शिक्षा जुन विद्यालयमा छडीले पिटेर पढाउने होइन कि बच्चाहरुलाई कसरी मोटिभेट गरेर पढाइ तिर उत्प्रेरित गर्ने भन्ने विषयको डकुमेन्ट्री भिडियो रहेको छ ।

यसको लागि स्कुल कलेज बिदाको समय र यो चाडपर्व पनि परेको हुनाले सम्पूर्ण अभिभावक तथा बालबालिकाहरुलाई यो भिडियो हेरिदिनको लागि आमन्त्रण गर्न चाहन्छु । किनकि यो एउटा सचेतनामूलक कार्यक्रम हो त्यसमा आएर तपाईहरुले यसको लाभ लिइदिनु होला । त्यसमा अर्काे कुरा हामीले होम स्टेको स्टलहरुलाई फ्रि गराएका छाँै ।

होमस्टेबाट ग्रामीण भेगमा पाइने हाम्रो मौलिक खानाहरु जस्तै हाम्रो गुन्दु्रक, कोदोको रोटी, मःमहरुलाई पनि प्रमोट गर्ने र त्यहाँ आउने आन्तरिक तथा बाह्रय पर्यटकहरुलाई कसरी बसाइ लम्ब्याउने बनेर होमस्टेलाई समावेश गरेका छौं ।

अहिले आकर्षणको विषय भनेको प्रदेश स्तरीय ११ वटा जिल्लाका लोक तथा दोहोरी गीत प्रतियोगिता पनि गर्ने भएका छौँ । साँस्कृतिक कार्यक्रम, अन्तर्राष्ट्रिय ब्याण्ड तथा राष्ट्रिय गायक गायिकाहरु पनि आउनु हुनेछ ।

(कुराकानीमा आधारित)

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.