www.tandavnews.com
Fact ~ In search of truth

कराँतेमा भविष्य कोर्दै विमला

विनिता सुनार
पोखरा, ताण्डव न्यूज ।

हालै भारतको पश्चिम बंगालामा सम्पन्न भएको साउथ एसियन च्याम्पियनसिप कराँते प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै सहभागी भएकी खेलाडी विमला नेपालीले २ स्वर्ण हात पार्न सफल भइन् । उनले अन्तर्राष्ट्रिय तथा राष्ट्रिय प्रतियोगिताहरुमा सहभागी भई थुपै उपाधि जित्न सफल भएकी छिन् । विमलालाई चिनाउन यो त एउटा उदाहरण मात्र हो ।

२०६८ सालमा शिवशक्ति स्कुलमा विष्णु नेपाली ‘गुरु’ बाट कराँतेको तालिम लिएकी विमलाले दिदीको प्ररेणाबाट यस क्षेत्रमा आउन सहज भयो । १३ वर्षको उमेरदेखि कराँतेमा पाइला टेकेकी उनले ७ वर्ष बिताइसकिन् ।

Batas

कराँतेको समयमा सिकेको तालिम उनले अझै सम्झना गर्छिन् । ‘सुरुआती दिनहरुमा साह्रै गाह्रो भएको थियो । तालिममा जानै मन लाग्दैनथ्यो,’ उनले सुनाइन्, ‘तर अहिले खेलमै धेरै समय दिएको भनेर घरबाट गाली पनि गर्नुहुन्छ ।’ पहिलो पटक उनी उपविजेता हुँदा उनलाई त्यो क्षण अझै पनि रमाइलो अनुभव लाग्ने गर्छ । ‘अर्काे पटक धेरै प्रयास गर्नेछु भन्ने अठोट हुँदो रहेछ दोस्रो हुँदा,’ उनले भनिन् ।

विमलाले कराँते तालिम गरेको २ वर्षको अवधिमा नेशनल गेम खेल्न थालेकी हुन् । भक्तपुरमा भएको ‘फस्ट उमन नेशनल च्याम्पियनसिप’मा काँतामा विमला तेस्रो भएकी थिइन् ।

त्यस्तै उनले २०७२ मा राष्ट्रपति रनिङ शिल्डमा उपाधि हात पारिन् । शानले राखेको १० दिनको क्योच क्यमापबाट बेष्ट फिमेलको उपाधि पनि पाइन् । मुम्बईको गोवामा काँता र कुमातेबाट उपाधि प्राप्त गरिसकेकी छन् ।

कराँते सिक्नका लागि यति टाइम भनेर फिक्स नहुने विमलाको अनुभव छ । ‘आफ्नो इच्छा अनुसार सिक्ने हो,’ उनले भनिन्, ‘लाइफ टाइम नै सिक्नमा जान्छ ।’

गेममा सहभागी भएपनि खेल्नका लागि जाँदा आउँदा धेरै जसो आफ्नै खर्चमा हिँड्न पर्ने अवस्था रहेको उनले सुनाइन् । ‘बस्न र खानाको सेवा सुविधा भए पनि आफ्नै खर्च पनि गर्नुपर्छ । नेशनल गेमहरुमा भने सेवा सुविधा राम्रो हुन्छ,’ उनले भनिन्, ‘कुनै पनि क्षेत्रमा आफूलाई स्थापित गर्नेका लागि संघर्ष त गर्नु नै पर्छ, तर संघर्षका पाटाहरु धेरै छन् । त्यसमा पनि खेलाडीका लागि सबैभन्दा ठूलो पीडा हो खेल्नका लागि उचित ग्राउण्ड ।’

अहिले तालिमका लागि आफ्नै समाज घर छ, यतिमात्र नभई रंगशालामा पनि आफ्नै हल भएकाले पहिलाको जस्तो दुःख भने नभएको उनी सुनाउँछिन् ।

हाम्रो नेपालको कन्टेन्टमा हेर्ने हो भने प्रायः हरेक क्षेत्रमा केटाहरु कै जमात बढी देखिने गर्छ । सुरुआतमा ६, ७ जना केटीहरु भए पनि पोखरामा त्यसै क्षेत्रमा निरन्तर लागिरहेको आफू मात्र रहेको उनी सुनाउँछिन् । कराँते सिक्न आउने, तर छोड्नेको संख्या उत्तिकै मात्रामा रहेको उनले सुनाइन् ।

क्लाेज क्यापबाट छनोट भएर नेशनल टिममा परेकी पहिलो महिला विमलालाई सबैको तारिफसँगै सपोर्ट पाउँदा आत्मविश्वास बढेको महसुस हुने उनी बताउँछिन् । ‘राष्ट्रबाट चुनिएर नेपालको प्रतिनिधित्व भएर जानु सानो कुरा होइन्,’ उनले भनिन्, ‘आफूमात्र नभई पूरै देशको नाम आफूसँग जोडिएको हुनाले पनि गर्व महसुस हुन्छ ।’

एनको भनाई अनुसार कराँतेमा भविष्य राम्रो छ । सरकारले पनि ध्यान आकर्षण गर्न सक्यो भने राम्रो हुने उनको विश्लेषण छ । ‘तालिमका लागि प्रशिक्षकहरुको पनि धेरै कमी छ । सेल्फ प्राक्टिस गर्नुपर्छ, सिक्नमा धेरै तनाव हुने गर्छ,’ उनले सुनाइन्, ‘यसैमा भविष्य देख्नेहरुले राम्रो प्याल्टफर्म पाएभने कराँतेमा मै केहि गर्छु भन्नेहरुका लागि मनोबल बढ्ने छ ।’

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.